Advertisement

बैतडामा टाका जात्रा हुदै

सन्तेश धानुक, महेन्द्रनगर–कंचनपुरको बेदकोट नगरपालिका–४, बैतडामा यस वर्ष पनि भाद्र २१ गते टाका जात्रा भव्य रूपमा आयोजना हुने भएको छ । बैतडास्थित श्री महादेव निमुन पहरोल देवताको मन्दिर क्षेत्रमा हुने यो जात्राको तयारी तिव्ररुपमा भइरहेको छ । प्रत्येक वर्ष काठमाडौंमा हुने इन्द्र जात्राकै दिन बैतडामा पनि टाका जात्रा मनाउने परम्परा रहिआएको छ। विशेष गरी बैतडी जिल्लाको पुर्चौडी–४ बाट पुर्ख्यौली बसोबास गर्दै आएका समुदाय अहिले बेदकोट–४ बैतडामा समेत बसोबास गरिरहेका छन् । उनीहरूले आफ्नै सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै यहाँ पनि सोही दिन धुमधामका साथ टाका जात्रा मनाउने गरेका छन् । पुर्चौडीमै जस्तै बैतडामा पनि यस दिन श्री महादेव निमुन पहरोल देवताको मन्दिरमा पूजा–आराधना, तथा सामूहिक कार्यक्रम गरिन्छ ।

जात्रामा धार्मिक तथा सांस्कृतिक विविधता झल्काउने कार्यक्रमहरू प्रस्तुत गरिन्छ। स्थानीय कलाकार तथा समुदायले दमहा, देउडा, ठाडी भाका लगायतका लोक गीत–संगीत प्रस्तुत गर्दै रातभर रमाइलो गर्ने गर्दछन्। युवादेखि वृद्धसम्मको उत्साहपूर्ण सहभागितामा हुने यो जात्रा सामाजिक एकता, सांस्कृतिक संरक्षण र परम्परा जगेर्नाको अवसरको रूपमा लिइन्छ ।
स्थानीय बासिन्दाहरूका अनुसार, टाका जात्राले गाउँमा चहलपहल ल्याउनुका साथै पुराना परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्ने अवसर पनि दिन्छ। जात्राको अवसरमा टाढा–टाढाबाट आएकाहरूले आफन्तसँग भेटघाट गर्ने, सामूहिक खुसी बाँड्ने तथा सांस्कृतिक झल्कोमा रमाउने वातावरण बन्ने गर्दछ ।
यसरी हेर्दा, बैतडाको टाका जात्रा धार्मिक विश्वाससँगै सांस्कृतिक विविधतालाई जोड्ने महत्वपूर्ण पर्व बनेको छ। तयारीलाई अन्तिम रूप दिइएको र यसपटक पनि ठूलो संख्यामा श्रद्धालु र भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज