बरिष्ठ पत्रकार चित्राङ्ग थापा सम्मानित
महेन्द्रनगर–कञ्चनपुरका बरिष्ठ पत्रकार चित्राङ्ग थापालाई कैलाली उद्योग वाणिज्य संघले सम्मान गरेको छ । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम पर्यटन महोत्सवको अवसरमा संचार क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएको भन्दै पत्रकार थापालाई सम्मानित गरेको हो । संघले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १५ जनालाई सम्मान गरेको छ ।
सम्मान प्राप्त गर्नेहरूमा भाषा–साहित्यतर्फ डा. टीएन जोशी, स्वास्थ्य क्षेत्रमा डा. प्रदीप मिश्र र डा. मोहन साउँद, स्वास्थ्य तथा समाजसेवामा तीर्थराज पन्त, शिक्षा क्षेत्रमा प्राध्यापक डाक्टर तुलसीराम जोशी, उद्योग–व्यापारतर्फ हेमराज पाठक तथा समाज सेवातर्फ सिबी चन्द रहेका छन् ।
यस्तै, पर्यटन क्षेत्रमा कलमबहादुर बम, कृषि क्षेत्रमा रविनकान्त पन्त, महिला उद्यमीतर्फ राजकुमारी चौधरी, लोक–संस्कृतितर्फ चक्र बम, खेलकुदतर्फ शेर बहादुर सिंह र दिपेन्द्रसिंह ऐरी, तथा युवा उद्यमीतर्फ...











