नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समिति चण्डीगढ़मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न
चण्डीगढ़, भारत — नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको आयोजनामा चण्डीगढ़को गढवाल भवन, सेक्टर २९ मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता क्षेत्रीय समिति अध्यक्ष श्री राजु चन्द ठकुरीले गर्नुभयो भने सञ्चालन महासचिव श्री ढाकाराम पौडेलले गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष आदरणीय श्री बालकृष्ण पाण्डे हुनुहुन्थ्यो। साथै केन्द्रीय पदाधिकारी, क्षेत्रीय पदाधिकारी, शाखा तथा महिला समितिका अध्यक्ष, सचिव र प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि श्री पाण्डेले दीप प्रज्वलन गरी महामानव वी.पी. कोइरालाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नु भयो। उहाँले प्रशिक्षण सत्रमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता, नविकरण, र नय...











