सु.प. समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम हुँदै
हिम्मत साउद, कुबेत- सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको छ । "सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली" भन्ने मुल नाराका साथ, यहि फागुन १६ गते अर्थात फेब्रुअरी २८ तारीख शुक्रबार फर्वानिया स्थित सेफ नौसाद रेस्टुरेन्टको सभाहलमा समाजको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको हो । समाजको सातौ वार्षिक उत्सवको अवसरमा नेपालबाट वैदेशिक रोजगारीका लागि कुबेतमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी सचेतना अभिवृद्धि गर्ने उदेश्यले श्रमिक जनचेतनामूलक कार्यक्रम पनि राखिएको समाजका अध्यक्ष गगन सिंह बिष्टले बताउनु भएको छ ।
नेपाली श्रमिकहरुका लागि पछिल्लो समय कुबेत रोजगारीको मुख्य गन्तव्य बन्दै गएको छ । तर रोजगारीका लागि जाने देशको बारेमा सामान्य जानकारी नहुनु,नियमकानुन र जनचेतनाको अभाव संगै दलालको प्रलोभनमा परेर न...











