Advertisement

दोधारा चाँदनीका मेयर लिम्बु र एनएनएसडब्ल्यूए बिच विपद् जोखिम न्युनिकरण सम्बन्धी छलफल

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि निरन्तर रुपमा पहल गरिरहेको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आगामी दिनमा आउन सक्ने संभाव्य विपद्बाट पालिकाबासीलाई जोगाउन र उनिहरुलाई उत्थानशील बनाउनका निम्ति निरन्तर रुपमा काम गरि रहनु भएको छ् । यसै क्रममा मेयर लिम्बुले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु र सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनार संग भेट गरि विपद् जोखिम न्युनीकरण, प्रतिकार्य र पूर्वसुचना प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गर्नुभएको छ् । साथै उत्थानशील युवा सञ्जालको क्षमता अभिवृद्धि र उनिहरुको परिचालनका विषयमा समेत छलफल गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिका बाढीजन्य विपद्को उच्च जोखिममा रहेको बताउनुभयो ।

उहाँले विपद् जोखिम न्युनीकरण, प्रतिकार्य साथै पूर्वसुचना प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) साग छलफल भएको बताउनुभयो । उहाँले महाकाली तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाको जीविकोपार्जनको लागि आगामी दिन नयाँ योजना बनाउने विषयमा समेत छलफल गरिएको जानकारी दिनुभयो । मेयर लिम्बुले एनएनएसडब्ल्यूए लगाएतका सहयोगी संस्थाहरुको सहयोगले गत असारको ठूलो बाढीबाट दोधारा चाँदनीबासीलाई बचाउन सफल भएको तर्क गर्नुभयो । मेयर लिम्बुले बाढी प्रभावितहरुलाई राहत स्वरुप खाद्यान्न र नगद वितरण कार्यमा एनएनएसडब्ल्यूएले सहनिय कार्य गरेको बताउनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले दोधारा चाँदनीमा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि एनएनएसडब्ल्यूएले विगत लामो समय देखि काम गर्दै आएको बताउनुभयो । उहााले आगामी दिनमा समेत संस्थाले पालिकासाग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले परियोजनाले विपद् व्यवस्थापन संगै विपद्को जोखिममा रहेको समुदायको जीविकोपार्जनमा समेत काम गर्दै आएको बताउनुभयो ।

उहाँले आगामी दिनमा पालिका संगको सहकार्यमा थप कार्यक्रमहरु गरिने बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज