महेन्द्रनगर – नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले असार २६ गतेसम्मका लागि आन्दोलनका कार्यक्रक सार्वजनिक गरेका छन् । उनीहरुले आईतबार एक विज्ञप्ती जारी गरी आईतबारदेखि असार २७ गतेसम्म विभिन्न किसिमका जिल्लादेखि केन्द्रसम्म विभिन्न प्रकारका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । उनीहरुले सरकारसंग सुनमा लगाएको २ प्रतिशत विलासिता कर, हिरा मोती लगायतका बहुमूल्य धातुको १३ प्रतिशत मूल्य अभिकृत कर हटाउनु पर्ने, सुनको भन्सार कर ६ प्रतिशत राख्नुपर्ने र सुन चाँदी कारोवार ऐन बनाउनुपर्ने लगायतका माग राखेर आन्दोलन कार्यतालिका सार्वजनिक गरी सडकमा आउनुपरेको सुनचादी व्यवासयी संघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरत गहतराजले बताए ।
केन्द्रिय कार्यतालिका अनुसार कञ्चनपुरमा आज आईतबार सांकेतिक विरोध कार्यक्रम गरेको सुनचादी व्यवसायी संघ कञ्चनपुरका जिल्ला अध्यक्ष सुरत गहतराजले बताए । उनले भोलिदेखि केन्द्रिय कार्यतालिका अनुसार आन्दोलन गर्ने बताएका छन् । केन्द्रिय कार्यतालिका अनुसार असार २२ गते जिल्ला प्रशासन कार्यालय वरपर सांकेतिक विरोध गर्ने, असार २३ गते जिल्लास्थीत कर कार्यालय वरपर सांकेतिक विरोध प्रदर्शनगर्ने, असार २४ गते उपभोक्ता सचेतना अभियान संचालन गर्ने, असार २५ गते मोटर साईकल ¥याली निकाल्ने, असार २६ र २७ गते काठमाण्डौमा बृहत खवरदारी सभाको आयोजना गर्ने रहेको छ ।
तर सरकारले भने देशलाई ग्रेलिष्टबाट हटाउनका लागि विलासिताका बस्तुमा सो कर लगाईएको उल्लेख गर्दै टसको मस भएको छैन् । असार १८ गते बुधबार एक विज्ञप्ती निकालेको उद्योग बाणिज्य संघ कञ्चनपुरले सुनचादी व्यवसायीहरुको आन्दोलनमा सहयोग गर्ने जनाउदै ऐक्यवद्धता जनाएको छ ।
सरकारले आर्थिक बर्ष २०८२÷०८३ को बजेटमा ल्याएको कर निति अव्यवहारीक भएको भन्दै गत जेठ ३० गतेबाट विरोध कार्यक्रम गरेका सुनचाँदी व्यवसायीका संघसंगठनहरुले असार १३ गतेदेखि व्यवसाय नै बन्द गरी आन्दोलन गर्दै आएका छन् । उनीहरुले जेठ ३० गते बजारमा ¥याली प्रदर्शन गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।