नयाँ खबर
रीदम दत्त पन्त, महेन्द्रनगर–महेन्द्रनगरमा स्थानीय तह र सरोकारवालाहरुसंग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार सामाजिक विकास कार्यालय महेन्द्रनगर कञ्चनपुरको आयोजनामा सरोकारवालासंग अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७को प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतिमा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त भट्ट रहेका थिए भने प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशी रहेका थिए । कार्यक्रममा सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपाल दत्त भट्टले कार्यक्रमको बारेमा प्रकास पार्दै विविध विषयमा प्रस्तुति राखेका थिए । उनले अनिवार्य तथा निशुल्क शिक्षा, नेपालको संविधानमा शिक्षा, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन, अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धी नियम, अनिवार्य तथा निशुल्क शिक्षा कार्यन्वयन र अनुभव आदान प्रदानका विषयमा रहेर आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका भीमदत्त नगरापालिकाका नगर उप प्रमुख निलम लेखकले बास्तवमा संघको कानुन र शिक्षा ऐनबारे आफुपनि अचम्मित भएको बताईन् । संघिया कानुनमा सजिलोसंग निशुल्क शिक्षा राख्यो तर कार्यान्वयनमा कस्तो समस्या छ यस विषयमा संघिय सरकारबाट सहयोग र समन्वय नभएको बताए । निशुल्क शिक्षालाई कार्यन्वयको बेला विभिन्न समस्याहरु छन त्यसलाई कसरीहुन्छ सबै सरकोकारवालाहरुले सहकार्य गरेर अगाडि बढ्नुपर्ने नगर उप प्रमुख लिलमले बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै भीमदत्त नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरी दत्त जोशीले विद्यालय योजना साहित्यीक भाषामा नबनाई कार्यन्वयन गर्न सकिने किसिमको बनाउन सल्लाह दिनुभयो । ‘साहित्यक भाषामा विद्यालय योजना बनाउनुभन्दा पनि गर्न सकिने कार्य हरुलाई मात्र योजनामा लेख्नुपर्ने हुन्छ,’ शाखा प्रमुख जोशीले भने ‘अर्को कुरा शिक्षाको लागि गर्नुपर्ने चेतना अभिभावकहरुलाई दिन सक्यौ भने शिक्षाको गुणस्तर आफै बृद्धि हुनछ । केहि गर्नै पर्दैन् ।’

नेपालको संविधानमा सबै नागरीकलाई शुद्ध पिउने पानीको हक भएता पनि विद्यालयमा पढ्ने बालबालिकाहरु त्यसबाट बञ्चित भईरहेको कुरामा नगरपालिकाले ध्यान दिनुपर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष उत्तम विष्टले जोड दिए । त्यसैगरी उनले नगरपालिकाले विद्यालयहरुलाई शैक्षिक सामाग्रि उपलब्ध गराउनुपर्ने, विद्यार्थीहरुलाई मनोसामािज परामर्श दिन आवश्यक भएकाले त्यसको लागि सानो बजेट छुट्याएर लगाडि बढ्नुपर्ने बताएका उने विद्याहरुलाई पालिकाले वितरण गर्दै आएका शैक्षिक सामाग्रिको लेखाजोखा बारे प्रश्न गरेका थिए । ‘शुद्ध पिउने पानीको हकअधिकार सवै नेपालीलाई छ तर वालबालिकाहरुले त्यो पाउने कि नपाउने ? त्यसको लागि पालिकाले सबै विद्यालयहरुमा ट्यूववेलको व्यवस्था गरीदिए पनि हुन्छ, त्यसैगरी अहिले बालबालिकाहरुलााई मनोसामाजिक परामर्शको एकदैमै खाचो देखिएको छ । त्यसकालागि ठुलो बजेट आवश्यक पर्दैन सानो बजेट भएपुग्छ त्यसैले त्यको व्यवस्था गर्नुपर्छ’, अध्यक्ष विष्टले भने, ‘शैक्षिक सामाग्रि वितरण गरीरहेको छ नगरपालिका त्यसको लेखाजोखा खै भन्दै प्रश्न गरे ।’

टुक्रे योजनामा लगानी नोक्सान गर्नुभन्दा शिक्षामा लगानी बढाउन लक्ष्मी मावि बागफाटाका प्रधानाध्यापक प्रमानन्द नाथले सुझाब दिए । ‘वडाले वितरण गरीरहेका एक÷एक लाखका टुक्रे योजनाहरुलाई प्रतिस्थापन गरी एकमुष्टरुपमा उक्त लगानी शिक्षामा ग¥यो भने त्यसले राम्रो प्रतिफल दिने हो तर त्यसमा स्थानीय सरकारको ध्यान किन जान सकेको छैन् ।’, प्रधानाध्यापक नाथले भने ‘मेरो विद्यालयको माथि पाच सय मिटर र तल ३ सय मिटर मात्रैको दुरीमा बोडिङ खोल्ने अनुमति कसले दियो ? पालिकाले दिएको होईन ? पालिकाले एकदुई विद्यालयको गुणस्तर हेरेर बस्ने हो कि अन्यको पनि सुधार गर्ने हो ।’

सरकारले सरकारी विद्यालयमा निशुल्क पढ्न पाउने भनेता पनि विभिन्न शिर्षकमा फिस उठाउनुपर्ने बाध्यता रहेको उनले दुखेको पोखे । ‘सरकारले आधारभूत शिक्षा निशुल्क भनेको छ तर म मेरै विदालयमा विभिन्न शिर्षकमा फि उठाउन बाध्य छु,’ उनले भने, ‘खानेपानी विजुली परीक्षा फी पालिकाले खर्च गरोस हाामी एक रुपया पनि फि उठाउदैनौ, कानुनमा लेख्ने कार्यन्वयन नगर्ने ?’

स्थानीय तहमा सरकार आएको झण्डै ८ बर्ष पुग्दासमेत वडाहरुमा शिक्षा समिति गठनमा पालिकाले किन ध्यान नदिएको ? एैन कानुनमा ०८१ चैत भित्र विद्यालय समायोजन गर्नुपर्ने उल्लेख भएता पनि अहिलेसम्म समायोजनको कार्यमा किन ढिलाई गरेको ? भन्दै प्रधानाध्यापक नाथले प्रश्न गरेका थिए । तर त्यसको जवाफ नगर उपप्रमुख निलम लेखकले दिनै सकेनन् ।
नगरपालिकाद्धारा बालविकास शिक्षकको दरबन्दीमिलान गरीएकोमा तलव पुगेको तर शिक्षक नपुगेको भनेर २÷३ विद्यालयबाट निवेदन आएको विषयमा नगरपालिकाले ध्यान दिनुपर्ने शिक्षक महासंघ भीमदत्त नगर अध्यक्ष दिवाकर जोशीले बताए । उनले नगरपालिकाभित्रै काज सरुवा गरीएको शिक्षकलाई फिर्ता बोलानुको सट्टा करार नगरपालिकाबाट बजेट छुट्टाएर शिक्षा ऐन विपरित करारमा शिक्षक भर्ना गर्ने कार्य भईरहेकोमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रमको समन्वय भीमदत्त नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरी दत्त जोशीले गरेका थिए । कार्यक्रममा भीमदत्त नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष तथा १९ वटै वडाका वडा अध्यक्षको सहभागिता रहेको थियो ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।