महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालस्थित महेश्वर माध्यमिक विद्यालयलाई सिटिजन्स् बैंकले प्रोजेक्टर सहयोग प्रदान गरेको छ ।
विद्यार्थीको पठनपाठनलाई सूचना प्रविधिमैत्री बनाउन सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड महेन्द्रनगर शाखाले १ थान प्रोजेक्टर सहयोग गरेको हो ।
कक्षाकोठाको शैक्षणिक क्रियाकलापलाई प्रविधिमैत्री बनाउँदा सिकाइ उपलब्धि बढ्ने विश्वास गरिन्छ । विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयलाई प्रोजेक्टर सहयोग गरिएको महेन्द्रनगर शाखा प्रमुख शंकरप्रसाद जोशीले जानकारी दिए । कार्यक्रममा शाखा प्रमुख जोशीले १ थान प्रोजेक्टर विद्यालयलाई हस्तान्तरण गरे ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६० जिल्लामा फैलिएका १९८ वटा शाखा, १६३ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७५ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।