Advertisement

महिलाको हत्या आरोपमा महिलासहित तिन जना पक्राउ

महेन्द्रनगर : कञ्चनपुरमा एक महिलाको हत्या आरोपमा एक जना महिलासहित तिन जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको हत्या गरेको आरोपमा कसी सुनारकी सौता मिरा देवी सुनार, श्रीमान गोपाल सुनार र सौतापट्टीको छोरा अर्जुन सुनारलाई शनिबार नै प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय तथा आफन्तहरूले उनको हत्या भएको आरोप लगाएका छन । महाकाली नदीको बगरबाट बालुवा छानेर घर फर्केकी कसी सुनार बुहारीसँग खाना खाई थकाई मेटाउन सुतीरहेको अवस्थामा कान्छी श्रीमती, छोरा र श्रीमानको मिलेमतोमा सिरानीले घाँटी अँठ्याउदै हत्या गरेको मृतककी बुहारीले बताएकी छन् । तिस बर्ष अगाडि गोपाल सुनारले दुई महिनाकी गर्भवती कसी सुनालाई धोका दिएर मिरा देवी सँग बहुविवाह गरेर भारत गएका थिए ।
मृतककी बुहारीले सासूले महाकालीको बालुवा छानेर एक छोरा र छोरी हुर्काएको बताईन । एक हप्ता पहिले २ छोरासहित भारतको दिल्लीबाट नेपाल फर्किएका गोपाल सुनार र उनकी कान्छी श्रीमतीले पुर्खाको सम्पतीमा आँखा लगाउदै कसी सुनारलाई घर छोड्न दबाब दिदै गाली गलोज, कुटपिट गर्दै आईरहेको बताएकी छन् । शुक्रवार राति पनि श्रीमान र कान्छी श्रीमती मिलेर कुटपिट गरिरहेको अवस्थामा बुहारीले बचाएको छिमेकीहरूले बताएका छन् ।
मृतकका भाई सुनील सुनारले आफ्नी दिदीको हत्या श्रीमान र कान्छी श्रीमतीले नै गरेको दाबि गरेका छन् । कामबाट फर्केर खाना खाई थकाई मेटाउन बेडमा सुतिरहेको अवस्थामा दिदीको एकै छिनमा मृत्यु हुने कुरा असम्भव रहेकाले आत्महत्या नभई हत्या भएको उनको दाबी छ ।
मृतक सुनारको शव परीक्षणको लागि महाकाली प्रादेशिक अस्पताल पठाइएको छ । मृतकका छोरा रोजगारीको शिलशिलामा भारतमा रहेका छन् । मृतकको छोरा आएपछि मात्र पोष्टमार्टम गरीने जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । पोस्टमार्टम रिपोर्टपछि मात्र हत्या वा आत्महत्या भन्ने विषयमा खुल्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज