Advertisement

कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एसईई परीक्षाको लागि तयारी पुरा भएको छ । जिल्ला शिक्षा समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टले जिल्लामा एसईई परीक्षाको तयारी पुरा भएको बताउनुभयो । उहाँले जिल्लाका ३७ वटा परीक्षा केन्द्रमा आवश्यक पर्ने उत्तरपुस्तिकासहितका परीक्षाका सम्पूर्ण सामाग्रि पु¥याईसकिएको बताउनुभयो । ‘जिल्लाका सबै परीक्षाकेन्द्रमा आवश्यक पर्ने उत्तरपुस्तिका लगायतका सम्पूर्ण समाग्रि पु¥याईसकेका छौ,’ ईकाईका शाखा अधिकृत भट्टले भन्नुभयो, ‘आज पनि परीक्षा केन्द्रका केन्द्राध्यक्षसंग वरेन्टेसन सम्पन्न ग¥यौ, परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ ।’ अधिकृत दशरथ भट्टले नियमिततर्फ ८ हजार ६ सय ४९ जना, ग्रेडबृद्धितर्फ २ हजार ४ सय ४३ जना र प्राविधिक धारतर्फ २ सय ९ जना विद्यार्थी गरी ११ हजार ३ सय १ जना विद्यार्थी एईई परीक्षामा सहभागी हुने बताउनुभयो । शाखा अधिकृत भट्टका अनुसार नियमिततर्फ ४ हजार ८० जना छात्र र ४ हजार ६९ जना छात्रा गरी ८ हजार ६ सय ४९ जना विद्यार्थीले परिक्षामा सहभागिता जनाउने छन् । त्यसैगरी नियमित प्राविधिकर्फ ७४ जना छात्रा र १ सय जना छात्रले सहभागीता जनाउनेछन् । ग्रेडबृद्धिका लागि साधारणतर्फ एक हजार २ सय ६५ जना छात्रा र १ हजार १ सय ७७ जना छात्र सहभागी हुनेछन् । ग्रेड बृद्धिकालागि प्राविधिक धारका ३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
२०७८ सालका पुराना ग्रेड बृद्धिका लागि परीक्षा दिने विद्यार्थीका लागि १ परीक्षा केन्द्र, प्राविधिक धारतर्फको १ परीक्षा केन्द्र छुट्टै राखिएको पनि शाखाअधिकृत भट्टले बताउनुभयो । त्यसैगरी २०८०का ग्रेडबृद्धिका र यसपालिका नियमित विद्यार्थीकालागि ३५ वटा गरी जिल्लाभरीमा ३७ परीक्षा केन्द्र तोकिएको छ ।
एसईई परिक्षाका लागि कञ्चनपुर जिल्लामा ३७ जना केन्द्राध्यक्ष र ७६ जना सहायक केन्द्राध्यक्ष खटिनेछन् । त्यसैगरी ५ सय ६१ जना निरीक्षक खटिने शिक्षा समन्वय ईकाईका शाखा अधिकृत भट्टले बताउनुभयो । एक सय १३ जना सहायक कर्मचारी तोकिएको शाखाअधिकृत भट्टले जानकारी दिनुभयो । एक परिक्षा केन्द्रमा १५ जना खटिने गरी ५ सय ५५ जना प्रहरी परिचालन हुनेछन् । यस्तै २ सय २४ जना सहयोगी खटाईनेछ । यसरी जम्मा १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित हुने जिल्ला शिक्षा समन्वय ईकाई कार्यालय कञ्चनपुरले जनाएको छ ।


यस वर्षको एसईईमा देशभरमा ५ लाख आठ हजार ३ सय ९० जना विद्यार्थी सहभागी हुँदै छन् । नियमिततर्फ चार लाख ३३ हजार र ग्रेडवृद्धितर्फ ७५ हजार २४५ जनाले परीक्षा दिनेछन् । चैतको ७ गतेदेखि संञ्चालन हुने एसईई परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज