महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एसईई परीक्षाको लागि तयारी पुरा भएको छ । जिल्ला शिक्षा समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टले जिल्लामा एसईई परीक्षाको तयारी पुरा भएको बताउनुभयो । उहाँले जिल्लाका ३७ वटा परीक्षा केन्द्रमा आवश्यक पर्ने उत्तरपुस्तिकासहितका परीक्षाका सम्पूर्ण सामाग्रि पु¥याईसकिएको बताउनुभयो । ‘जिल्लाका सबै परीक्षाकेन्द्रमा आवश्यक पर्ने उत्तरपुस्तिका लगायतका सम्पूर्ण समाग्रि पु¥याईसकेका छौ,’ ईकाईका शाखा अधिकृत भट्टले भन्नुभयो, ‘आज पनि परीक्षा केन्द्रका केन्द्राध्यक्षसंग वरेन्टेसन सम्पन्न ग¥यौ, परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ ।’ अधिकृत दशरथ भट्टले नियमिततर्फ ८ हजार ६ सय ४९ जना, ग्रेडबृद्धितर्फ २ हजार ४ सय ४३ जना र प्राविधिक धारतर्फ २ सय ९ जना विद्यार्थी गरी ११ हजार ३ सय १ जना विद्यार्थी एईई परीक्षामा सहभागी हुने बताउनुभयो । शाखा अधिकृत भट्टका अनुसार नियमिततर्फ ४ हजार ८० जना छात्र र ४ हजार ६९ जना छात्रा गरी ८ हजार ६ सय ४९ जना विद्यार्थीले परिक्षामा सहभागिता जनाउने छन् । त्यसैगरी नियमित प्राविधिकर्फ ७४ जना छात्रा र १ सय जना छात्रले सहभागीता जनाउनेछन् । ग्रेडबृद्धिका लागि साधारणतर्फ एक हजार २ सय ६५ जना छात्रा र १ हजार १ सय ७७ जना छात्र सहभागी हुनेछन् । ग्रेड बृद्धिकालागि प्राविधिक धारका ३५ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।
२०७८ सालका पुराना ग्रेड बृद्धिका लागि परीक्षा दिने विद्यार्थीका लागि १ परीक्षा केन्द्र, प्राविधिक धारतर्फको १ परीक्षा केन्द्र छुट्टै राखिएको पनि शाखाअधिकृत भट्टले बताउनुभयो । त्यसैगरी २०८०का ग्रेडबृद्धिका र यसपालिका नियमित विद्यार्थीकालागि ३५ वटा गरी जिल्लाभरीमा ३७ परीक्षा केन्द्र तोकिएको छ ।
एसईई परिक्षाका लागि कञ्चनपुर जिल्लामा ३७ जना केन्द्राध्यक्ष र ७६ जना सहायक केन्द्राध्यक्ष खटिनेछन् । त्यसैगरी ५ सय ६१ जना निरीक्षक खटिने शिक्षा समन्वय ईकाईका शाखा अधिकृत भट्टले बताउनुभयो । एक सय १३ जना सहायक कर्मचारी तोकिएको शाखाअधिकृत भट्टले जानकारी दिनुभयो । एक परिक्षा केन्द्रमा १५ जना खटिने गरी ५ सय ५५ जना प्रहरी परिचालन हुनेछन् । यस्तै २ सय २४ जना सहयोगी खटाईनेछ । यसरी जम्मा १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित हुने जिल्ला शिक्षा समन्वय ईकाई कार्यालय कञ्चनपुरले जनाएको छ ।
यस वर्षको एसईईमा देशभरमा ५ लाख आठ हजार ३ सय ९० जना विद्यार्थी सहभागी हुँदै छन् । नियमिततर्फ चार लाख ३३ हजार र ग्रेडवृद्धितर्फ ७५ हजार २४५ जनाले परीक्षा दिनेछन् । चैतको ७ गतेदेखि संञ्चालन हुने एसईई परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।