Advertisement

भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन, अध्यक्षमा दैलेखी सर्वसम्मत

महेन्द्रनगर–भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन गरिएको छ । शुक्रबार अभिभावक भेलाबाट नमिता दैलेखीको नेतृत्वमा दश सदस्यीय शिक्षक अभिभावक संघको सर्वसम्मतरुपमा पुर्नगठन गरीएको हो । भेलाबाट सदस्यमा धन बहादुर बोहरा, धाना भट्ट, सुर्जा केसी, लक्ष्मण वादी, पुनम राना, महेश्वरी धामी, संगीता वादी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रि, प्रधानाध्यापक केशर सिंह महरा र शिक्षकहरुको तर्फबाट हिरा भट्ट पदेन सदस्यको रुपमा चयन भएका छन ।

उक्त भेला विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिको सभापतित्व तथा प्रधानाध्यापक केशर सिंह महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समिति सदस्य डम्बर खड्का लगायतका उपाधिकारी अतिथि रहेका थिए । उक्त भेलामा सयौ अभिभावको साथै शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित पिटिए अध्यक्ष दैलेखीले विद्यालयको शैक्षिक गुणस्तर विकासको लागि आफु काम गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘मलाई जिम्मेवारी दिएकोमा सवैमा धन्यवाद,’ अध्यक्ष दैलेखीले भन्नुभयो ‘विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागि सक्रिय भएर कार्य गर्नेछु, तपाईहरुको यो विश्वासलाई टुट्न दिनेछैन् ।’


विद्यालयले शुक्रबार नै अतिरिक्त क्रियाकलापमा सहभागि भई प्रथम, द्धितिय र तिर्तिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई मेडल प्रमाण पत्र र पुरस्कार प्रदान गरेको छ । पुरस्कार वितरण कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक चक्र महराले गरेका थिए भने अध्यक्षता विद्यालयल व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिले गरेका थिए ।

उक्त कार्यक्रममा एक सय पचास जना विद्यार्थीलाई पुरस्कार, मेडल तथा प्रमाण पत्र प्रदान गरीएको थियो । विद्यालयमा साधारणतर्फ ४ सय ६२ जना र प्राविधिक धारतर्फ १ सय ५२ जना गरी ६ सय १४ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज