Advertisement

भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन, अध्यक्षमा दैलेखी सर्वसम्मत

महेन्द्रनगर–भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरको शिक्षक अभिभावक संघ पुनगठन गरिएको छ । शुक्रबार अभिभावक भेलाबाट नमिता दैलेखीको नेतृत्वमा दश सदस्यीय शिक्षक अभिभावक संघको सर्वसम्मतरुपमा पुर्नगठन गरीएको हो । भेलाबाट सदस्यमा धन बहादुर बोहरा, धाना भट्ट, सुर्जा केसी, लक्ष्मण वादी, पुनम राना, महेश्वरी धामी, संगीता वादी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रि, प्रधानाध्यापक केशर सिंह महरा र शिक्षकहरुको तर्फबाट हिरा भट्ट पदेन सदस्यको रुपमा चयन भएका छन ।

उक्त भेला विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिको सभापतित्व तथा प्रधानाध्यापक केशर सिंह महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समिति सदस्य डम्बर खड्का लगायतका उपाधिकारी अतिथि रहेका थिए । उक्त भेलामा सयौ अभिभावको साथै शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित पिटिए अध्यक्ष दैलेखीले विद्यालयको शैक्षिक गुणस्तर विकासको लागि आफु काम गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘मलाई जिम्मेवारी दिएकोमा सवैमा धन्यवाद,’ अध्यक्ष दैलेखीले भन्नुभयो ‘विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागि सक्रिय भएर कार्य गर्नेछु, तपाईहरुको यो विश्वासलाई टुट्न दिनेछैन् ।’


विद्यालयले शुक्रबार नै अतिरिक्त क्रियाकलापमा सहभागि भई प्रथम, द्धितिय र तिर्तिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई मेडल प्रमाण पत्र र पुरस्कार प्रदान गरेको छ । पुरस्कार वितरण कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक चक्र महराले गरेका थिए भने अध्यक्षता विद्यालयल व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र आग्रिले गरेका थिए ।

उक्त कार्यक्रममा एक सय पचास जना विद्यार्थीलाई पुरस्कार, मेडल तथा प्रमाण पत्र प्रदान गरीएको थियो । विद्यालयमा साधारणतर्फ ४ सय ६२ जना र प्राविधिक धारतर्फ १ सय ५२ जना गरी ६ सय १४ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

–तुल्सि बिश्वकर्मा हाल म सुदूरपश्चिम विश्वविद्यलयको कानुमा संकायमा अध्यनरत छु । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लामा बसिरहेको करि...
लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

महेन्द्रनगर–नेकपा एमाले केन्द्रीय लेखा आयोगको कञ्चनपुर जिल्लामा सम्पन्न १३ औँ बैठकले स्थानीय तहसम्मको लेखा परीक्षण गराउने निर्णय ग...
हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

महेन्द्रनगर–हात्ति मारेको आशंकामा नेकपा एमालेका लालझाडी गाउँ कमिटी अध्यक्ष ओम प्रकाश राना पक्राउ परेका छन । एमाले लालझाडी गाउपालिक...
सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रवार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। शुक्रबार रानाथारु समुदायको खख्डेहरा पर्वको अव...
कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एसईई परीक्षाको लागि तयारी पुरा भएको छ । जिल्ला शिक्षा समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टले...
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

महेन्द्रनगर–जिल्ला स्थित दानेश्वरहरि बहुमुखी क्याम्पस जिमुवामा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उम्मेदवार निर्बिे...
रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

महेन्द्रनगर–पछिल्लो समय डोटेली भाषामा गाइएका गीतहरूबाट चर्चित बनिरहेको रातोतातो स्टेसनले आफ्नो नयाँ गीत ‘हैला बुदी’ भिडियोसहित सार...
कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

महेन्द्रनगर–आज कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली पर्ब मनाईदैछ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज