महेन्द्रनगर–महाकाली बहुप्राविधिक शिक्षालय नमुना टिभेट शिक्षण संस्था विकासका लागि सहयोग कार्यक्रममा छनौट भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं।४ मा रहेको महाकाली बहुप्राविधिक शिक्षालय सुदूरपश्चिम प्रदेशबाट नमुना टिभेट कार्यक्रमका लागि छनौट भएको हो । टिभेट कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशबाट ३२ सस्थाको प्रस्तावना पेश भएकोमा महाकाली बहुप्राविधिक शिक्षालय मात्र छनौट हुन सफल भएको हो । शिक्षालयले प्रयोगमा ल्याएको प्रविधि, भौतिक पूर्वाधार, विद्यार्थीको भर्नादर, उत्तिर्ण दर लगायतका मापदण्डको मूल्यांकनका आधारमा महाकाली बहुप्राविधिक शिक्षालय टिभेट कार्यक्रमका लागि छनौट भएको शिक्षालयका निर्देशक प्रमल साउदले बताउनुभयो ।
शिक्षालय सुधार योजनना कार्यान्वयनका लागि सहयोग छनौट भएका टिभेट शिक्षण् संस्थाहरुका लागि आईसीटी सामाग्री व्यवस्थापन र नमूना टिभेट संस्था विकास कालागि छनौट कार्यक्रम कार्यान्वयनका लािग प्रोजेक्ट ईम्प्लीमेन्टेसन एण्ड कोर्डीनेसन कमिटीको २०८१ मंसिर २६ गतेको बैठकबाट महाकाली बहुप्राविधिक शिक्षालय टिभेट कार्यक्रमका लागि छनौट भएको निर्देशक साउदे जानकारी दिनुभयो ।
शिक्षालय टिभेट कार्यक्रम अन्तरगत छनौट भएपछि प्राबिधिक शिक्षाको गुणस्तरीयता अभिबृद्धि हुने शिक्षालयका निर्देशक साउदले बताउनुभयो । शिक्षालयका निर्देशक साउदका अनुसार टिभेट कार्यक्रमअन्तरगत मन्त्रालयले प्रत्येक बर्ष २० लाख रुपयाँ अनुदान दिने र शिक्षालयले स्मार्ट बोर्ड, हरित प्राविधिक शिक्षालयलगायत अन्य भौतिक संरचना निर्माणमा खर्च गर्नुपनेछ ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालले ‘युवाहरुका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम’ कार्यक्रम अन्तरगत बहुप्राविधिक शिक्षालय छनौट भएको हो ।
२०७८ मा फार्मेसी र ल्याब टेक्निसियनको पढाईबाट सञ्चालनमा आएको महाकाली बहुप्राविधिक शिक्षालयमा ३ सय ७० जना विद्यार्थी अध्ययनरत छन् । महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा भीमदत्त नगरपालिकाले संञ्चालन गरेको शिक्षालयमा २०८० बाट अफथाल्निक साईन्स९आखाको उपचार०को पढाई सुरु भएको थियो ।
शिक्षालय डभलोमा तहको नर्सिङ्गको पढाई संञ्चालन गर्ने तयारीमा रहेको निर्देशक प्रमल साउदले बताउनुभयो । ‘हामीले नर्सिङ्गका लागि आवश्यक सम्पूर्ण तयारी गरीरहेकाछौ, हामीसंग भौतिक संरचनादेखि सबैमापदण्ड पुगेको छ’ निर्देशक साउदे भन्नुभयो ‘आगामी शैक्षिकसत्रबाट पढाई गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाएकाछौँ, ।’
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।