महेन्द्रनगर–कञ्चनपुर जिल्ला र डडेल्धुरा जिल्लाको सिमानामा पर्ने धार्मिक पर्यटनको व्यापक सम्भावना रहेको ठाँउ त्रिशुले खानमा त्रिसुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर निर्माणका लागि स्थानीय चन्दा संकलनमा जुटेका छन् । त्रिसुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर निर्माणका लागि परशुराम नगरपालिका वडा नंम्बर ९ले ५० हजार छुट्याएता पनि मन्दिर निर्माणका लागि उक्त रकम अपुग हुने भन्दै त्रिशुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर व्यवस्थापन समितिले चन्दा संकलन गरिरहेको हो ।
धार्मिक पर्यटन प्रबध्रनका लागि मन्दिर निर्माण गर्न आवश्यक रहेकाले मन्दिर निर्माणका लागि चन्दा संकलन गरिरहेको त्रिशुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धन सिंह ठगुन्नाले बताउनुभयो ।
यज्ञशाला र मन्दिर निर्माण गर्न झण्डै ६÷७ लाख रुपयाँभन्दा बढि लागत लाग्ने भएकाले हिन्दुधर्मप्रति आस्थावानसंग श्रद्धा र शक्ति अनुसारको चन्दा संकलन गरिरहेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष ठगुन्नाले बताउनुभयो । ‘यस मन्दिरका पुजारी कमल चटौत गुरुले यज्ञशाला र पुजाकोठा निर्माण गर्न अहराउनु भएकोले हामीहरु त्यस कार्यको लागि चन्दा संकलनमा जुटेका हौ,’ अध्यक्ष ठगुन्नाले भन्नुभयो ‘हिन्दुधर्म प्रति आस्थावान भएका व्यक्तिहरुबाट श्रद्धा र शक्तिअनुसारको आर्थिक सहयोग मागिराखेका छौ, स्वदेश तथा विदेशमा बस्ने जोसुकैले पनि सहयोग गर्नसक्नुहुनेछ ।’
बारम्बार बेदकोट नगरपालिका र परशुराम नगरपालिकाकालाई धाउदा पनि कुनै पनि प्राथमिकता नदिएको गुनासो उहाँले सुनाउनु भयो । परशुराम नगरपालिकाका नगर प्रमुख र सबैजसो वडाअध्यक्षलाई भेटेर सहयोग मागेता पनि कसैले पनि मतलव नदिएको उहाँले बताउनुभयो । तर परशुराम नगरपालिकाका नगर उप प्रमुख विमला बोहरा महताले निवेदन नदिईकनै पचास हजार रकम रङ्गरोगनका लागि छुट्याईदिएको अध्यक्ष ठगुन्नाले बताउनु भयो । उहाँले हिन्दुधर्ममा आस्था राख्ने स्वदेश तथा विदेशमा बस्ने सबैमा आर्थिक सहयोग गर्न समेत आग्रह गरेका छन् ।
बेदकोट नगरपालिका र परशुराम नगरपालिकाको विचमा पर्ने त्रिशुले सिद्धभगवती स्थानीयको धार्मिक आस्थाको केन्द्रविन्दु पनि हो । यो स्थानमा प्रत्येक बर्ष सामुहिकरुपमा दुईपटक पुजाआजा गर्ने गरिन्छ । व्यक्तिगतरुपमा दैनिक पुजाआजा गर्न धार्मिक पर्यटक आईरहन्छन ।
यज्ञशाला र होमकुण्ड बनाउन समितिको रसिद दिएर पारदर्शिढंगले चन्दा संकल गरिरहेको मन्दिर व्यवस्थापन समिति सचिव कृष्ण बहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार मंसिर २६ गतेबाट यज्ञशाला र होमकुण्ड निर्माण गर्न सुरु गरिएको हो । पछि त्यसको लागि रकम अपुग हुने भएपछि पुष १० गतेदेखि आफुहरु चन्दा संकलनमा लागेको मन्दिर व्यवस्थापन सचिव चन्दले बताउनुभयो ।
यस क्षेत्रलाई धार्मिक सास्किृतक पर्यटन क्षेत्रका रुपमा अगाडि बढाउन लागेको मन्दिर व्यवस्थापन समिति सचिव चन्दले बताउनु भयो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।