Advertisement

त्रिशुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर निर्माण गर्न चन्दा संकलन गरिदै, सबैमा सहयोग गर्न आग्रह

महेन्द्रनगर–कञ्चनपुर जिल्ला र डडेल्धुरा जिल्लाको सिमानामा पर्ने धार्मिक पर्यटनको व्यापक सम्भावना रहेको ठाँउ त्रिशुले खानमा त्रिसुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर निर्माणका लागि स्थानीय चन्दा संकलनमा जुटेका छन् । त्रिसुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर निर्माणका लागि परशुराम नगरपालिका वडा नंम्बर ९ले ५० हजार छुट्याएता पनि मन्दिर निर्माणका लागि उक्त रकम अपुग हुने भन्दै त्रिशुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर व्यवस्थापन समितिले चन्दा संकलन गरिरहेको हो ।
धार्मिक पर्यटन प्रबध्रनका लागि मन्दिर निर्माण गर्न आवश्यक रहेकाले मन्दिर निर्माणका लागि चन्दा संकलन गरिरहेको त्रिशुले सिद्धभगवती तथा तिखाचुली सिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धन सिंह ठगुन्नाले बताउनुभयो ।
यज्ञशाला र मन्दिर निर्माण गर्न झण्डै ६÷७ लाख रुपयाँभन्दा बढि लागत लाग्ने भएकाले हिन्दुधर्मप्रति आस्थावानसंग श्रद्धा र शक्ति अनुसारको चन्दा संकलन गरिरहेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष ठगुन्नाले बताउनुभयो । ‘यस मन्दिरका पुजारी कमल चटौत गुरुले यज्ञशाला र पुजाकोठा निर्माण गर्न अहराउनु भएकोले हामीहरु त्यस कार्यको लागि चन्दा संकलनमा जुटेका हौ,’ अध्यक्ष ठगुन्नाले भन्नुभयो ‘हिन्दुधर्म प्रति आस्थावान भएका व्यक्तिहरुबाट श्रद्धा र शक्तिअनुसारको आर्थिक सहयोग मागिराखेका छौ, स्वदेश तथा विदेशमा बस्ने जोसुकैले पनि सहयोग गर्नसक्नुहुनेछ ।’

 

बारम्बार बेदकोट नगरपालिका र परशुराम नगरपालिकाकालाई धाउदा पनि कुनै पनि प्राथमिकता नदिएको गुनासो उहाँले सुनाउनु भयो । परशुराम नगरपालिकाका नगर प्रमुख र सबैजसो वडाअध्यक्षलाई भेटेर सहयोग मागेता पनि कसैले पनि मतलव नदिएको उहाँले बताउनुभयो । तर परशुराम नगरपालिकाका नगर उप प्रमुख विमला बोहरा महताले निवेदन नदिईकनै पचास हजार रकम रङ्गरोगनका लागि छुट्याईदिएको अध्यक्ष ठगुन्नाले बताउनु भयो । उहाँले हिन्दुधर्ममा आस्था राख्ने स्वदेश तथा विदेशमा बस्ने सबैमा आर्थिक सहयोग गर्न समेत आग्रह गरेका छन् ।

बेदकोट नगरपालिका र परशुराम नगरपालिकाको विचमा पर्ने त्रिशुले सिद्धभगवती स्थानीयको धार्मिक आस्थाको केन्द्रविन्दु पनि हो । यो स्थानमा प्रत्येक बर्ष सामुहिकरुपमा दुईपटक पुजाआजा गर्ने गरिन्छ । व्यक्तिगतरुपमा दैनिक पुजाआजा गर्न धार्मिक पर्यटक आईरहन्छन ।
यज्ञशाला र होमकुण्ड बनाउन समितिको रसिद दिएर पारदर्शिढंगले चन्दा संकल गरिरहेको मन्दिर व्यवस्थापन समिति सचिव कृष्ण बहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार मंसिर २६ गतेबाट यज्ञशाला र होमकुण्ड निर्माण गर्न सुरु गरिएको हो । पछि त्यसको लागि रकम अपुग हुने भएपछि पुष १० गतेदेखि आफुहरु चन्दा संकलनमा लागेको मन्दिर व्यवस्थापन सचिव चन्दले बताउनुभयो ।
यस क्षेत्रलाई धार्मिक सास्किृतक पर्यटन क्षेत्रका रुपमा अगाडि बढाउन लागेको मन्दिर व्यवस्थापन समिति सचिव चन्दले बताउनु भयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज