Advertisement

सहकारी ठगीमा संलग्नलाई कारवाहि हुन्छ : पुर्वमुख्य मन्त्री रावल

Advertisement

महेन्द्रनगर– सुदुरपश्चिम प्रदेश सरकारका पुर्ब मुख्य मन्त्री एबम एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले सहकारी ठगीमा संलग्न जो सुकै भएपनि कानुनको दायरामा ल्याएर कारबाही हुने बताएका छन् । श्री शुभलक्ष्मी साना किसान कृर्षि सहकारी संस्था लिमिटेड डडेल्धुराको शनिबार १० औं बार्षिक सधारण सभाको उद्घाटन गर्दै पुर्ब मुख्य मन्त्री रावलले सहकारीको उदेश्य र लक्ष्य भन्दा बाहिर गएर बचतकर्ताको रकम हिनामिना गर्ने जो सुकै पात्र भएा पनि कानुनी कारबाहीको दायरामा ल्याएर बचतकर्ताको रकम यथासिघ्र फिर्ता गर्न पहलकदमी गर्न प्रतिबद्धता जनाउनु भएको हो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम सुदुरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता समेत रहनु भएका रावलले सहकारी पिडितहरुलाई मलमपटटी लगाउन सरकारले संसदीय छानबिन समिति मार्फत कारबाही अघि बढाएको र सहकारी ऐन परिमार्जन गर्दे बचतकर्ताको रकम फिर्ताको सुनिश्चितता गर्ने बाताबरण सिर्जना गरिरहेको बताउनुभयो । ‘सहकारी भित्र चोरी हुने क्रम बढीरहेको र बचतकर्ताको रकम खुलेयाम हिनामिना गर्दे फरार हुने अबस्थामा समेत राज्यका निकायहरु मुखदर्शक बन्ने कुरा स्विकार्य हुदैन सुक्ष्म तरिकाले अनुसन्धानका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको सकृयता आबश्यक छ,’ पुर्व मुख्य मन्त्री रावलले भने ‘नेकपा(एमाले)ले सहकारी बचतकर्ताको रकम फिर्ताको सुनिश्चितता गर्ने बातावरण सिर्जनाका लागि सहकारी ऐन परिमार्जन गरेको छ, बचतकर्ताले बचत फिर्ता पाउनुहुन्छ ।’ । सहकारी भित्र भईरहेको बदमासी र भ्रष्टाचारमा संलग्न नेता देखि कर्मचारी जो सुकै हुन सबै कानुनको दायरामा ल्याउन प्रशासनिक निकाय गम्भिरताका साथ लाग्न पुर्ब मुख्यमन्त्री रावलको निर्देशन थियो ।
आईतबार देखि एमाले केन्द्रीय कमिटिको बैठकमा सहभागी हुन पुर्ब मुख्य मन्त्री एंबम प्रदेश संसदीय दलका नेता रावल आजै राजधानी तर्फ जाने क्रममा उहाँले सहकारीका समस्याहरु र समाधान गर्नका लागी सम्माननिय प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने बिश्वास समेत दिलाउनु भएको छ ।
श्री शुभ लक्ष्मी साना किसान सहकारी लिमिटेडले किसानहरुलाई आबद्धता गराएर सहकारीको मापदण्ड भित्र रहेर प्रशंसनीय काम गरेको बताउनुहुदै रावलले राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन र खराब काम गर्ने सहकारी माथी निर्मम छानबिन गरि कारबाहीको डण्डा चलाउन नसक्दा सहकारी भित्र समस्या आएको स्विकार गर्नुभयो ।
बार्षिक सधारण सभालाई सम्बोधन गर्नुहुदै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष मानबहादुर साँउदले सहकारी भित्र यति ठुलो बदमासी हुँदा सम्म राज्यका निकाय गम्भिर बन्न नसक्नु बिडम्बना भएको बताउनुभयो ।

 

शुभ लक्ष्मी साना किसान कृर्षि सहकारी संस्थाका अध्यक्ष बेदप्रकाश भटटको अध्यक्षतामा उद्घाटन भएको उक्त बार्षिक सधारण सभामा बचत संघका जिल्ला अध्यक्ष पदमा गुरुङ,नागरिक समाजका अध्यक्ष रमेश जोशी,डडेल्धुरा जेसीजका अध्यक्ष लक्ष्मी ऐर,कृर्षि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरु र उद्योग बाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष दिपक महताले शुभकामना मनतब्य दिएका थिए भने कार्यक्रमको संचालन सहकारीका प्रबन्धक लोकेन्द्र ओझाले गर्नुभएको थियो ।

 

गत बर्ष २०८०/०८१ मा ८ करोड ३९ लाख ७ हजार ९४ रुपैया निक्षेप संकलन गरेको शुभ लक्ष्मी साना किसान सहकारीले ६ करोड ५८ लाख २ सय २९ रुपैया सेयर सदश्यलाई रिण लगानी गरेको प्रतिबेदनमा उल्लेख गरेको छ । यस सहकारीमा २२१७ जना सेयर सदश्य रहेका छन भने मुख्य तया किसान समुह र किसान लक्षित ब्यक्तिहरु संग सहकारीका माध्यमबाट काम गरिरहेको डडेल्धुराको एक मात्रै सहकारी रहेको प्रबन्धक ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

महेन्द्रनगर – टिकटक स्टारबाट समाजमा स्थापित भई समाजसेवामा लागेका युवा व्यवसायी अंशवर्माले कञ्चनपुर जिल्लामा विद्यालय संञ्चालन गर्न...
एमाले ११औ महाधिसेशन : कञ्चनपुरका ईश्वरी प्रसाद खरेलको पदाधिकारीमा दावी

एमाले ११औ महाधिसेशन : कञ्चनपुरका ईश्वरी प्रसाद खरेलको पदाधिकारीमा दावी

महेन्द्रनगर । नेकपा(एमाले)को ११औँ महाधिबेशन आजबाट काठमाण्डौमा सुरु हुदैछ । जनतामा एमालेको नेतृत्वमा को आउला भनेर आमचासो बढिरहेको छ...
कञ्चनपुरमा ४५ लाख मूल्यबढिको भन्सार छलीको सामान बरामद

कञ्चनपुरमा ४५ लाख मूल्यबढिको भन्सार छलीको सामान बरामद

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा प्रहरीले भारतबाट भन्सार छलि नेपाली भित्र्याईएको ४५ लाख मूल्य बढिको सामान बरामद गरेको छ । बिहिबार जिल...
कञ्चनपुर ३ मा कांग्रेसबाट उमेदवारका लािग पूर्व गृहमन्त्री लेखक सहित तीन जना सिफारिश, राष्ट्रिय सभाका लागि १३ उम्मेदवार

कञ्चनपुर ३ मा कांग्रेसबाट उमेदवारका लािग पूर्व गृहमन्त्री लेखक सहित तीन जना सिफारिश, राष्ट्रिय सभाका लागि १३ उम्मेदवार

महेन्द्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काँग्रेस केन्द्रीय सदस्य ए...
नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा राखिएको सल्लाघारीस्थित चौरमा निर्माणको काम धमाधम

नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा राखिएको सल्लाघारीस्थित चौरमा निर्माणको काम धमाधम

भक्तपुर, मंसिर २५ । नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा हुने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा नि...
पूर्व मुख्यमन्त्री रावलको पुस्तक भारतको एसएसजे विश्वविद्यालयका विद्यार्थीहरुले अध्ययन गर्ने

पूर्व मुख्यमन्त्री रावलको पुस्तक भारतको एसएसजे विश्वविद्यालयका विद्यार्थीहरुले अध्ययन गर्ने

महेन्द्रनगर – सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री एव नेकपा एमालेका नेता राजेन्द्र सिंह रावलको ऐतिहासिक पुस्तक भारतको एसएसजे विश्वविद्य...
नेपाली काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गर्दै, क–कसको देखाए आकांक्षा ?

नेपाली काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गर्दै, क–कसको देखाए आकांक्षा ?

महेन्द्रनगर – नेपाली कांग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गरीरहेक...
बरिष्ठ पत्रकार चित्राङ्ग थापा सम्मानित

बरिष्ठ पत्रकार चित्राङ्ग थापा सम्मानित

महेन्द्रनगर–कञ्चनपुरका बरिष्ठ पत्रकार चित्राङ्ग थापालाई कैलाली उद्योग वाणिज्य संघले सम्मान गरेको छ । कैलाली उद्योग वाणिज्य संघले स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज