Advertisement

सहकारी ठगीमा संलग्नलाई कारवाहि हुन्छ : पुर्वमुख्य मन्त्री रावल

Advertisement

महेन्द्रनगर– सुदुरपश्चिम प्रदेश सरकारका पुर्ब मुख्य मन्त्री एबम एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले सहकारी ठगीमा संलग्न जो सुकै भएपनि कानुनको दायरामा ल्याएर कारबाही हुने बताएका छन् । श्री शुभलक्ष्मी साना किसान कृर्षि सहकारी संस्था लिमिटेड डडेल्धुराको शनिबार १० औं बार्षिक सधारण सभाको उद्घाटन गर्दै पुर्ब मुख्य मन्त्री रावलले सहकारीको उदेश्य र लक्ष्य भन्दा बाहिर गएर बचतकर्ताको रकम हिनामिना गर्ने जो सुकै पात्र भएा पनि कानुनी कारबाहीको दायरामा ल्याएर बचतकर्ताको रकम यथासिघ्र फिर्ता गर्न पहलकदमी गर्न प्रतिबद्धता जनाउनु भएको हो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम सुदुरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता समेत रहनु भएका रावलले सहकारी पिडितहरुलाई मलमपटटी लगाउन सरकारले संसदीय छानबिन समिति मार्फत कारबाही अघि बढाएको र सहकारी ऐन परिमार्जन गर्दे बचतकर्ताको रकम फिर्ताको सुनिश्चितता गर्ने बाताबरण सिर्जना गरिरहेको बताउनुभयो । ‘सहकारी भित्र चोरी हुने क्रम बढीरहेको र बचतकर्ताको रकम खुलेयाम हिनामिना गर्दे फरार हुने अबस्थामा समेत राज्यका निकायहरु मुखदर्शक बन्ने कुरा स्विकार्य हुदैन सुक्ष्म तरिकाले अनुसन्धानका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको सकृयता आबश्यक छ,’ पुर्व मुख्य मन्त्री रावलले भने ‘नेकपा(एमाले)ले सहकारी बचतकर्ताको रकम फिर्ताको सुनिश्चितता गर्ने बातावरण सिर्जनाका लागि सहकारी ऐन परिमार्जन गरेको छ, बचतकर्ताले बचत फिर्ता पाउनुहुन्छ ।’ । सहकारी भित्र भईरहेको बदमासी र भ्रष्टाचारमा संलग्न नेता देखि कर्मचारी जो सुकै हुन सबै कानुनको दायरामा ल्याउन प्रशासनिक निकाय गम्भिरताका साथ लाग्न पुर्ब मुख्यमन्त्री रावलको निर्देशन थियो ।
आईतबार देखि एमाले केन्द्रीय कमिटिको बैठकमा सहभागी हुन पुर्ब मुख्य मन्त्री एंबम प्रदेश संसदीय दलका नेता रावल आजै राजधानी तर्फ जाने क्रममा उहाँले सहकारीका समस्याहरु र समाधान गर्नका लागी सम्माननिय प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने बिश्वास समेत दिलाउनु भएको छ ।
श्री शुभ लक्ष्मी साना किसान सहकारी लिमिटेडले किसानहरुलाई आबद्धता गराएर सहकारीको मापदण्ड भित्र रहेर प्रशंसनीय काम गरेको बताउनुहुदै रावलले राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन र खराब काम गर्ने सहकारी माथी निर्मम छानबिन गरि कारबाहीको डण्डा चलाउन नसक्दा सहकारी भित्र समस्या आएको स्विकार गर्नुभयो ।
बार्षिक सधारण सभालाई सम्बोधन गर्नुहुदै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष मानबहादुर साँउदले सहकारी भित्र यति ठुलो बदमासी हुँदा सम्म राज्यका निकाय गम्भिर बन्न नसक्नु बिडम्बना भएको बताउनुभयो ।

 

शुभ लक्ष्मी साना किसान कृर्षि सहकारी संस्थाका अध्यक्ष बेदप्रकाश भटटको अध्यक्षतामा उद्घाटन भएको उक्त बार्षिक सधारण सभामा बचत संघका जिल्ला अध्यक्ष पदमा गुरुङ,नागरिक समाजका अध्यक्ष रमेश जोशी,डडेल्धुरा जेसीजका अध्यक्ष लक्ष्मी ऐर,कृर्षि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरु र उद्योग बाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष दिपक महताले शुभकामना मनतब्य दिएका थिए भने कार्यक्रमको संचालन सहकारीका प्रबन्धक लोकेन्द्र ओझाले गर्नुभएको थियो ।

 

गत बर्ष २०८०/०८१ मा ८ करोड ३९ लाख ७ हजार ९४ रुपैया निक्षेप संकलन गरेको शुभ लक्ष्मी साना किसान सहकारीले ६ करोड ५८ लाख २ सय २९ रुपैया सेयर सदश्यलाई रिण लगानी गरेको प्रतिबेदनमा उल्लेख गरेको छ । यस सहकारीमा २२१७ जना सेयर सदश्य रहेका छन भने मुख्य तया किसान समुह र किसान लक्षित ब्यक्तिहरु संग सहकारीका माध्यमबाट काम गरिरहेको डडेल्धुराको एक मात्रै सहकारी रहेको प्रबन्धक ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन शनिबार एमाले सचिवालय बैठक बस्ने

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार ...
फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

फ्लोरिडा इन्टरनेशन स्कूलका कक्षा ९ मा अध्ययनरत विद्यार्थीले बनाए रोबोटिक कारदेखि मोवाईल गेमसम्म, हेर्नेको घुईचो

महेन्द्रनगर – महेन्द्रनगरको बहुचर्चित स्कूल फ्लोरिडा इन्टरनेशन माविले पाँचौ विज्ञान, कला तथा खाद्य प्रदर्शनी सम्पन्न गरेको छ । बुध...
हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट, कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ४–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारणसभा मिति २०८२...
एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

एनएमबी बैंक झलारी लिलाम प्रकरणमा अर्को फण्डा, कम रकमको कर्जा प्रस्तावनामा बढी रकम ऋण स्विकृत

महेन्द्रनगर - एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा एनएमबी बैंकले ऋणीलाई दिएको ऋण स्वीकृत र मालपोत...
परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

परशुराम नगरपालिकामा मलामी बोकेर फर्किदै गरेको ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यू

महेन्द्रनगर - डडेल्धुराको परशुराम नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यू भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कु...
राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।   ...
प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न

महेन्द्रनगर - प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेलाको उद्घाटन सत्र सम्पन्न भएको छ । शनिबार चेतन होटलमा सम्पन्न भएको उदघाटन शत्रको...
मर्निङग्लोरीद्धारा  उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

मर्निङग्लोरीद्धारा उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

महेन्द्रनगर - मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्या...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज