Advertisement

‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ पालिकालाई हस्तान्तरण

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र डडेल्धुराको पर्शुराम नगरपालिकालाई ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ हस्तान्तरण गरिएको छ् । दुवै पालिकामा ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागी डिजिटल प्रणाली’ (दास्ता) परियोजना सम्बन्धी सिकाई आदान–प्रदान, क्षमता अभिवृद्धि तथा प्रविधी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ् । कार्यक्रममा स्थानिय पालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए), डीसीए नेपाल, नक्सा र ईन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचएचआर) को संयुक्त लगानीमा तयार पारिएको दास्ता प्रणाली दुवै पालिकालाई हस्तान्तरण गरिएको हो । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाादनी नगरपालिका विपद्को दृष्टिकोणबाट उच्च जोखिममा रहेको पालिका भएपनि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) र नक्सा लगाएतका संघ–संस्थाहरुको सहयोगमा विपद् व्यवस्थापनको क्षेत्रमा धेरै राम्रो काम भएको बताउनुभयो । नगर प्रमुख लिम्बुले दास्ता मोबाईल प्रणालीमा विपद् जोखिमको सम्पूर्ण अवस्थाहरु समेटिने भएकाले स्थानीय विपद् जोखिम व्यवस्थापन र समुदायिक उत्थानशीलतमा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने बताउनुभयो ।

स्थानीय विपद् जोखिम व्यवस्थापन र समुदायलाई उत्थानशील बनाउने दास्ता प्रणालीको प्रयोग गर्ने उहाँले बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले दास्ता प्रमाणी मार्फत स्थानिय सरकार र सेवाग्राही संग तथ्यांक उपलब्ध हुने भएकोले पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागी सहजता हुने बताउनुभयो । उहाँले दास्ता प्रणालीमा जोखिम नक्सांकन तथा विश्लेषण, निगरानी र मूल्यांकन लगाएतका तथ्यांक हुने भएकाले विपद् व्यवस्थापनका लागि सुरक्षित मार्ग तयार पार्न र राहत वितरण योजना बनाउने काममा समेत सहयोग पुग्ने कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले बताउनुभयो ।

कार्यक्रममा नक्सा प्रालिका अनुसा पाँण्डेयले दास्ता परियोजनाको कार्यान्वयन प्रक्रिया तथा गत असार र भदौको मनसुनमा बाढी जोखिम व्यवस्थापनमा दास्ता प्रणालीको प्रभाव बारे प्रस्तुती दिनुभएको थियो । त्यस्तै इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर) का कार्यकारी निर्देशक सुरज गौतमले बाढीको मोडेल तयार गर्ने र घरधुरी स्तरको जोखिम मुल्यांकन गर्ने प्रक्रियाको बारेमा जानकारी दिनुभएको छ् ।

कार्यक्रममा सरोकारवालाहरुले दास्ता प्रणाली व्यवहारिक तथा प्रयोगकर्ता–मैत्री उपकरण भएको भन्दै यसले विपद् पूर्वतयारी प्रक्रियामा सुधार गर्न, तथ्यांक त्रुटीमा सुधार गर्न साथै स्थानीय बासिन्दाहरुको क्षमता अभिवृद्धि गर्नमा मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शुक्लाफाँटामा तीन मोटरसाइकल दुर्घट्ना, चित्तलको मृत्यू

शुक्लाफाँटामा तीन मोटरसाइकल दुर्घट्ना, चित्तलको मृत्यू

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटामा तीन मोटरसाइकल दुर्घट्नामा परेका छन् । महेन्द्रराजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका–५ अर्जु...
एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले नौ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धा...
शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

धनगढी – नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र(ईआरओ) ले गरेको कार्यसम्पादन परीक्षणमा श...
एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ

कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ

महेन्द्रनगर – जिउदो कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ परेकी छन् । बझाङको जयपृथ्वी नगरपालिका १० चैनपुरस्थित पानकोट पुलबाट जिउदै कु...
वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दर्शन सम्मानित

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दर्शन सम्मानित

महेन्द्रनगर – वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख एवं प्रहरी निरिक्षक दर्शन खड्का सम्मानित भएका छन् । बिहिबार औपचारीक कार्यक्...
सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

कञ्चनपुर - सुदूरपश्चिमको मौलिक, अर्गानिक तथा परम्परागत खानपानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले स्थानीय परिकारयुक्त ‘सुप थाली’...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज