Advertisement

शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि १० वर्षे योजना निमार्ण गर्दै दोधारा चाँदनी नगरपालिका

दोधारा । कञ्चनपुको दोधारा चाँदनी नगरपालिकाले शिक्षाको १० वर्षे रणनीतिक योजना निमार्ण कार्य अघि बढाएको छ् । दोधारा चाँदनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले रणनीतिक योजनाको मस्यौदा सरोकारवालाको थप सुझावका संकलन कार्यलाई अघि बढाएको हो । गुणस्तरिय सिकाईका लागी बिद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निमार्णमा स्थानिय सरकारको क्षमता अभिबृद्धि कार्यक्रम अनुसार पालिकाको शिक्षा योजना निमार्णको लागी पालिकाको कार्यदल सहित सरोकारवालाको लागी क्लारिबेसन टुलकिट र योजना लेखन सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा १० वर्षे शिक्षा योजना निमार्णको चरणमा रहेको शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् ।

१० वर्षे शिक्षा योजना निमार्णको लागी कार्यदल गठन भएको र उक्त योजनामा कस्तो प्रकारको बिषय बस्तु समेट्ने, कस्ता योजना निमार्ण गर्ने सम्बन्धमा कार्यशाला संचालन गरिएको दोधारा चाँदनी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभयो । शैक्षिक विकास नमुना हुनुपर्ने र रणनीतिक योजनाले त्यसको स्पष्ट मार्ग चित्र बनाउनेमा उहाँले जोड दिनुभएको छ् । नगरपालिकाको शिक्षा विकासको तत्कालीन र दीर्घकालीन अवस्था र लक्ष्य के हो भन्ने भिजन योजनामा राखिने र शिक्षा क्षेत्रको सम्रग विकास नभई समृद्ध नगर बन्न सक्दैन भन्ने उद्धेश्यले शिक्षाको १० वर्षे भावी रणनीति तयार गर्न लागिएको कार्यक्रममा बताईएको छ् । गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, प्रतिस्पर्धी, श्रम र उत्पादन प्रति जिम्मेवार जनशक्ति विकास गर्ने लक्ष्य रहेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकालाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्न १० वर्षे रणनीतिक योजना निर्माण गर्ने कार्य भईरहेको जानकारी दिनुभएको छ् ।

रणनीतिक योजनाले शिक्षाको क्षेत्रमा नगरपालिका कसरी अघि बढ्ने भन्ने बाटो देखाउने र सोही योजना अनुसार बजेट, कार्यक्रम, नीति, समन्वय एवम् सहकार्यका गतिविधी अघि बढाइने नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा २२ वटा सामुदायिक बिद्यालय, २० वटा संस्थागत बिद्यालय र बिद्यालयमा र समुदायमा गरि ४६ वटा वालबिकास कक्षाहरु संचालनमा रहेका छन् । रणनीतिक योजनामा प्रारम्भिक बाल विकास तथा आधारभूत तहमा विद्यार्थी भर्नादर सतप्रतिशत पुर्‍याउने, आधारभूत तहमा विद्यार्थी टिकाउदर सतप्रतिशत पुर्‍याउने, विद्यालय भन्दा बाहिर रहेका विद्यार्थीको संख्या शून्यमा झार्ने र साक्षरता दर बढाउने योजनामा लक्ष्य राखिएको छ् ।

नगरपालिकाले हाल बिनियोजन गर्दै आएको शिक्षा क्षेत्रको बजेट दोव्वर बनाएर शिक्षामा लगानी बढाउने, भौतिक पूर्वाधार निर्माणमा जोड दिने, शैक्षिक गुणस्तरमा सुधार गर्ने योजनामा समेट्ने तयारी रहेको छ् । नगरपालिकामा आवश्यकता अनुसारको पाठ्य सामग्री र पाठ्यक्रमको परिमार्जन, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालयको सबलीकरण, अनौपचारिक शिक्षा, दूरशिक्षा तथा खुल्ला सिकाई, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचना प्रविधी र समावेशी शिक्षालाई जोड दिईने छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयले आयोजना गरेको पालिकाको शिक्षा योजना निमार्णको लागी पालिकाको कार्यदल सहित सरोकारवालाको लागी क्लारिबेसन टुलकिट र योजना लेखन सम्बन्धी कार्यशालाको सामुदायिक बिकास केन्द्र डोटीले प्राविधिक सहयोग गरेको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

भारतको पञ्जावमा चोरीएका गहना आपको रुखमा भेटिएपछि ……

महेन्द्रनगर – दोधारा चादनी नगरपालिका वडा नं. ९ झाक्रिटोलकी सम्झना धामीको घरबाट असार ३२ गते बिहिबार दिउसो २ बजे प्रहरीले बहुमुल्य ग...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

संविधान संशोधन कार्यदलबाट एमालेले प्रतिनिधि फिर्ता बोलायो

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोला...
भरुवा बन्दुकसहित दम्पती पक्राउ

भरुवा बन्दुकसहित दम्पती पक्राउ

महेन्द्रनगर - कञ्चनपुर जिल्लाका एक दम्पती प्रहरी हिरासतमा छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ९ पिपरियाका जोखराम राना र जानकी...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज