Advertisement

दोधारा चाँदनीमा प्रहरीको ‘नागरिक सुनुवाई’

Advertisement

पप्पु गुरुङ्ग, दोधारा । नागरिकको गुनासो र सुझाव संकलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दोधारा चाँदनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सामुदायिक साँझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । गुनासो व्यवस्थापनका लागि कञ्चनपुरले प्रदान गर्दै आएको सेवा र चाडपर्व नजिकिए संग प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी मुस्कान सहितको सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ् । नागरिक सुनुवाई कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नागरिकले शान्ति सुरक्षाको प्रत्याभूती, सीमा नाकामा कडाई, चोरी तस्करी नियन्त्रण, लागू औषध दुव्र्यसनी, दुर्घटना न्यूनीकरण र प्रहरीको सेवाबाट जनताले भोग्नुपरेको सास्ती लगाएतका विषयमा कञ्चनपुर प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

प्रहरी सेवा प्रवाहलाई नागरिक मैत्री, पारदर्शी, निष्पक्ष, छिटो छरितो, चुस्तदुरुस्त बनाउनुका साथै सेवाग्राहीले उठाएका प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरिकका रचनात्मक सुझावलाई ग्रहण गरी जिम्मेवार प्रहरी सेवा बनाउने ध्येयका साथ नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताउनुभएको छ् । स्थानीय सरकार र नागरिक बिच समन्वय भएमा आपराधिक घटनाहरु न्यूनीकरण गर्न सहज हुने एसपी जोशीले बताउनुभयो । समुदाय–प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत ‘नागरिक सुनुवाई कार्यक्रम’ मा उपस्थित नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सचिव रमेश भण्डारीले प्रहरी जनशक्तिको अभाव, दोधारा चाँदनी नगरपालिकाको खुला सिमा क्षेत्रमा दैनिक उपभोग्य सामग्री ल्याउन सकस, अस्थायी प्रहरी पोष्ट व्यवस्थित तथा चौकीहरु स्थायी गरिनुपर्ने माँग राख्नुभएको छ् ।

प्रहरी र स्थानिय सरकारले सचेतनामूलक कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ् । ईलाका प्रहरी कार्यालयका मातहतमा रहेका प्रहरी चौकीहरुलाई ब्यवस्थित गरिनु पर्ने, सडक दुर्घटना न्युनिकरण गर्न बिभिन्न प्रकारको सचेतनामुलक कार्यक्रम संचालन गरिनु पर्ने, दोधारा चाँदनी नगरपालिका क्षेत्र संग जोडिएको भारतिय सिमा क्षेत्रमा शान्ती सुरक्षा कायम राख्न सुरक्षा फौज थपिनु पर्ने लगाएत बिषयमा स्थानियहरुले जिज्ञासा राखेका थिए । कार्यक्रममा उठेका जिज्ञासाहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जवाफ दिनुभएको थियो ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक जगत गाहा मगरले प्रहरी कार्यालयले हालसम्म गरेको कार्य विवरण प्रस्तुत गर्नुभएको थियो । प्रहरीको नागरिक सुनुवाई कार्यक्रम जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधी, राजनितिक दलका नेता, भद्रभलादमी, बिद्यार्थी, पत्रकार, शिक्षक लगाएत सरोकारवालाको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

टिकटकस्टार बर्मा विद्यालय सञ्चालनको तयारीमा, आर्थिक अवस्थाका कारण विद्यालय बाहिर रहेका विद्यार्थीहरुलाई निशुल्क पढाईने

महेन्द्रनगर – टिकटक स्टारबाट समाजमा स्थापित भई समाजसेवामा लागेका युवा व्यवसायी अंशवर्माले कञ्चनपुर जिल्लामा विद्यालय संञ्चालन गर्न...
एमाले ११औ महाधिसेशन : कञ्चनपुरका ईश्वरी प्रसाद खरेलको पदाधिकारीमा दावी

एमाले ११औ महाधिसेशन : कञ्चनपुरका ईश्वरी प्रसाद खरेलको पदाधिकारीमा दावी

महेन्द्रनगर । नेकपा(एमाले)को ११औँ महाधिबेशन आजबाट काठमाण्डौमा सुरु हुदैछ । जनतामा एमालेको नेतृत्वमा को आउला भनेर आमचासो बढिरहेको छ...
कञ्चनपुरमा ४५ लाख मूल्यबढिको भन्सार छलीको सामान बरामद

कञ्चनपुरमा ४५ लाख मूल्यबढिको भन्सार छलीको सामान बरामद

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा प्रहरीले भारतबाट भन्सार छलि नेपाली भित्र्याईएको ४५ लाख मूल्य बढिको सामान बरामद गरेको छ । बिहिबार जिल...
कञ्चनपुर ३ मा कांग्रेसबाट उमेदवारका लािग पूर्व गृहमन्त्री लेखक सहित तीन जना सिफारिश, राष्ट्रिय सभाका लागि १३ उम्मेदवार

कञ्चनपुर ३ मा कांग्रेसबाट उमेदवारका लािग पूर्व गृहमन्त्री लेखक सहित तीन जना सिफारिश, राष्ट्रिय सभाका लागि १३ उम्मेदवार

महेन्द्रनगर – कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काँग्रेस केन्द्रीय सदस्य ए...
नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा राखिएको सल्लाघारीस्थित चौरमा निर्माणको काम धमाधम

नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा राखिएको सल्लाघारीस्थित चौरमा निर्माणको काम धमाधम

भक्तपुर, मंसिर २५ । नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा हुने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा नि...
पूर्व मुख्यमन्त्री रावलको पुस्तक भारतको एसएसजे विश्वविद्यालयका विद्यार्थीहरुले अध्ययन गर्ने

पूर्व मुख्यमन्त्री रावलको पुस्तक भारतको एसएसजे विश्वविद्यालयका विद्यार्थीहरुले अध्ययन गर्ने

महेन्द्रनगर – सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री एव नेकपा एमालेका नेता राजेन्द्र सिंह रावलको ऐतिहासिक पुस्तक भारतको एसएसजे विश्वविद्य...
नेपाली काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गर्दै, क–कसको देखाए आकांक्षा ?

नेपाली काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गर्दै, क–कसको देखाए आकांक्षा ?

महेन्द्रनगर – नेपाली कांग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनौट गरीरहेक...
बरिष्ठ पत्रकार चित्राङ्ग थापा सम्मानित

बरिष्ठ पत्रकार चित्राङ्ग थापा सम्मानित

महेन्द्रनगर–कञ्चनपुरका बरिष्ठ पत्रकार चित्राङ्ग थापालाई कैलाली उद्योग वाणिज्य संघले सम्मान गरेको छ । कैलाली उद्योग वाणिज्य संघले स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज