Advertisement

सामाजिक सदभाव र भातृत्वको लागी दोधारा चाँदनीमा रामलिला नाट्य श्रृखला

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रात्रीकालिन आदर्श रामलिला नाट्य श्रृखला सुरु भएको छ् । दोधारा चाादनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा रात्रीकालिन रामलिला नाट्य श्रृखला सुरु भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । शुदुरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नेकपा केन्द्रका नेता मान बहादुर सुनारले सयुक्तरुपमा आदर्श रामलिला नाट्य श्रृखलाको विधिवतरुपमा उद्धघाटन गर्नुभएको छ् । भगवान रामको चरित्रमा आधारित नाट्य श्रृखलाले सामाजिक सदभाव र भातृत्व कायम राख्नेमा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बिश्वास व्यक्त गर्नुभएको छ् । आदर्श रामलिला नाट्य श्रृखलाले साँस्कृतिक सामाजिक गतिविधी र आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा जुटन पनि सहज हुने उहाँको भनाई रहेको छ् । धर्म, सुसंस्कृतिको संरक्षणका लागि दोधारा चाँदनी नगरपालिकामा राललीला संचालन गरिएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

आदर्श रामलिला नाट्य श्रृखला उद्धघाटन सत्रमा शुदुरश्चिम प्रदेश सभाका सदस्य बेल बहादुर रानाले रामलिला नाट्य श्रृखलाको माध्यमबाट भगवान रामको जिवनीबाट शान्ति पूर्वक जीवन बाँच्ने शिक्षा, समाज र व्यक्तिलाई दिने मुख्य उद्देश्य रहेको बताउनुभयो । रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डोर्‍याउन समेत आदर्श रामलिला नाट्य श्रृखलाले सहयोग पुग्ने उहाँको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकाको लक्ष्मी माध्यमिक बिद्यालयमा २०३२ साल देखि रामलिला संचालन हुदै आएको छ् । तत्कालिन नेकपा माओबादी र सरकार बिचको द्धन्द्ध र कोरोना संक्रमणको कारण बिचको वर्षहरुमा रामलिला नाट्य श्रंखलाले निरन्तरता पाउन सकेन् ।

दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले समाजमा भाईचाराको भावना जागृत गराउने बताउनुभएको छ् । असत्यमा सत्यको जितलाई दोधारा चाँदनीबासीले बिगतका दिनहरुमा उक्त नाटक मञ्चनलाई परम्परागत पर्वकै रुपमा मनाउदै आएको वडाध्यक्ष बहेक क्षेत्रको भनाई रहेको छ् । साँस्कृतिक/सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा जुटन पनि सहज हुने बक्ताहरुले विश्वास व्यक्त गरेका छन् ।

समाजमा आपसी बेमेलको अवस्था सृजना भईरहेको अवस्थामा रामलिला नाट्य श्रंखलाले समाजमा भाईचाराको भावना जागृत गराउने आयोजक संस्था आदर्श रामलिला व्यवस्थापन समिति दोधारा चाँदनीले विश्वास लिएको छ् । दोधारा चाँदनी नगरपालिकामा संचालन हुदै आएको रात्रीकालिन रामलिला नाट्य श्रृखला अबद्यी भाषामा संचालन गरिदै आएको रामलिला नाट्य श्रंखलाका निर्देशक शुशिल राना मगरले जानकारी दिनुभएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज