दोधाराः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित कुतियाकवर बस्तीमा नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र निड्स नेपालद्वारा निमार्ण गरिएको सुरक्षित आवास कुतियाकवरका बाढी पीडितहरूका लागि महत्वपूर्ण आश्रयस्थल बनेको छ। दोधारा चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर बस्तीमा बाढीबाट प्रभावित भएका स्थानिय बासिन्दाहरुका लागि दोधारा चाँदनी नगरपालिका, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र समुदायको झण्डै २७ लाख संयुक्त लगानिमा निर्मित सुरक्षित आवास महत्वपूर्ण आश्रय स्थल बनेको हो।
यस वर्षमा आएको अविरल वर्षासँगै महाकाली नदी र जगबुडा नदीको बाढीमा कुतियाकवर बस्ती डुबानमा परेको अवस्थामा बाढी प्रभावित वृद्ध, बालबालिका, गर्भवती महिला सहित ४२ घरपरिवारका स्थानीय बासिन्दाहरूले उक्त सुरक्षित आवासमा आश्रय लिएको स्थानियबासी खड्के बुढाले बताउनुभयो। यस्तै नेपाली सेनाले पनि २५ लाख लगानिमा उक्त बस्तीमा सुरक्षित आवास निमार्ण गरिदिएको खड्के बुढाले बताउनुभयो।
२०३९ सालदेखि वर्षेनी बस्तीमा बाढीले ठूलो क्षती गर्दै आएको र बस्ती जोड्ने झोलुङ्गे पुलको निमार्णसँगै कुतियाकवर बस्ती नेपालसँग जोडिन गएको उहाँले बताउनुभएको छ्। हालै नगरपालिका, विभिन्न संघसंस्था र नेपाली सेनाले कुतियाकवरबासीलाई बाढीको बेला ज्यान जोगाउन निमार्ण गरेको दुई वटा आवासले बाढीको बेला मानविय क्षति हुनबाट जोगाएको खड्के बुढाले बताउनुभएको छ।
महाकाली नदी र जगबुडा नदी बस्तीमा पसेर तहसनहस गरेको बेला स्थानीय बासिन्दाहरुले दुई वटै सुरक्षित आवास प्रयोग गरेका हुन्। दोधारा चाँदनी नगरपालिका कार्यालय, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को बाढीको पुर्व तयारी तथा प्रतिकार्यको लागि उक्त सुरक्षित आवास निमार्ण गरिएको हो। यस्तै नेपाली सेनाले शीघ्र प्रभावकारी परियोजनाअन्तर्गत बस्तीमा बाढीबाट बच्न सुरक्षित आवास निमार्ण गरिएको बताईएको छ।
अर्का स्थानीयबासी खिमा कंडेल शर्माले निमार्ण गरिएको दुई वटा सुरक्षित आवासको निर्माणले बाढीजन्य विपत्तिका समयमा उनिहरुलाई सुरक्षित स्थान प्राप्त गर्न मद्दत पुर्याउँदै आएको बताउनुभएको छ। जसले उहाँहरुको जीवन र सम्पत्तिको रक्षा गर्न महत्वपूर्ण योगदान रहेको उहाँको भनाई रहेको छ। सुरक्षित आवासलाई निरन्तर सुधार र थप व्यवस्थापन गरेर भविष्यमा पनि यस्ता विपद्को सामना गर्न सक्षम बनाउने प्रयास नगरपालिकाले गर्न आवश्यक रहेको उहाँको भनाई रहेको छ।
निर्माण भए देखिनै सुरक्षित आवासले कुतियाकवर बस्तीका स्थानीयबासीहरुलाई बाढी जस्ता प्राकृतिक विपद्का बेला सुरक्षित आश्रय प्रदान गर्दै आएको दोधारा चाँदनी नगरपालिकाले जनाएको छ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।