Advertisement

एनएनएसडब्ल्यूएद्वारा किसानहरुको उत्पादन बढाउनको निम्ती सिचाई मोटर बितरण

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा सिचाईका लागि मोटर वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साँझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाअन्तर्गत पुनर्वास नगरपालिका वडा नम्बर १, २ र ५ मा रहेका भकुण्डा, दशरथबस्ती, गणेशबस्ती, रातोताल र उदरी समुदायमा सिचाईको समस्यालाई मध्यनजर गर्दै १० थान सिचाई मोटर वितरण गरिएको हो। पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम रोकाया, वडा नम्बर २ का वडा सदस्य ईश्वर थापा, कृषि विकास शाखा प्रमुख कर्णबहादुर शाही र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले संयुक्त रूपमा विपद् व्यवस्थापन समितिहरूलाई विद्युतीय कृषि मोटर हस्तान्तरण गर्नुभएको हो।
एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले एमरेड परियोजनाले उखु खेति साथै बेमौसमी तरकारी खेतीलाई प्रवर्धन गर्दै आएको बताउनुभयो। उहाँले विपद्को जोखिममा रहेका किसानहरूको आयआर्जनमा वृद्धि गर्नुका साथै विपद् जोखिम न्यूनिकरणमा टेवा पुऱ्याउने उदेश्यले सामुदायिक विपद् व्यवस्थापन समितिको सिफारिसमा अगुवा किसानहरुलाई सिचाई मोटर वितरण गरिएको बताउनुभयो।
पुनर्वास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम रोकायाले एनएनएसडब्ल्यूएले साना किसानहरूका लागि कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि ठूलो योगदान पुऱ्याएको बताउनुभयो। उहाँले समुदायले पनि बोर र पाइप फिटिङ्गका कामहरूमा लगानी गरेकाले समुदायलाई सिचाईको लागि निकै सहज हुने बताउनुभयो।
आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाले विशेषगरी कञ्चनपुर जिल्लास्थित दोदा नदि, सुनबरा र स्याली नदीबाट बाढी, कटान, तथा पटानको उच्च जोखिममा रहेका पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका ११ वटा समूदायमा प्राकृतिक विपद् तथा जलवायु परिवर्तनका कारण भौतिक, मानवीय तथा जीविकोपार्जनमा पर्ने क्षतिलाई कम गर्न समुदायकै अग्रसरतामा विपद् जोखिम न्यूनिकरणका क्रियाकलापहरू गर्दै आईरहेको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज