Advertisement

एकिकृत नमूना वस्ती निमार्णको लागी दोधारा चाँदनीमा सर्वपक्षिय बैठक, जग्गा ब्यवस्थापनको लागी कार्य दल गठन

दोधारा । कञ्चपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई एकिकृत नमुना बस्ती निमार्णको बारेमा सर्वदलिय, सर्वपक्षिय बैठक सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडितहरुलाई नजिकै रहेको अग्लो जग्गामा एकिकृत नमुना बस्ती निमार्ण गरि उनिहरुलाई बसोबास गराउने बिषयमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका राजनितिक दल, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक, स्थानियबासी लगाएत सरोकारवाला बिच छलफल गरिएको छ् । पटरा खल्लाका २७ बाढीपिडित घरपरिवारको लागी नेपाल सरकारले अस्थायी घर निमार्णको लागी रु. २५ हजारका दरले दुई किस्तामा रु. ५० हजार प्रदान गरिने निर्णय भएसंगै पहिलो किस्ता रु. रु. २५ हजार रकम उनिहरुले प्राप्त गरिसकेका छन् । त्यसपछि स्थायी आवास निर्माणका लागि प्रति घरपरिवार रु. ४ लाख दिने सरकारको निर्णय अनुसार एकिकृत नमुना बस्ती निमार्णको लागी दोधारा चाँदनी नगरपालिकाको नेतृत्वमा सर्वदलिय, सर्वपक्षिय छलफल गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् ।

पटरा खल्लाका एकिकृत नमुना बस्ती निमार्णको लागी स्थानिय तहले जग्गा उपलब्ध गराए मात्रै नेपाल सरकारबाट बिनियोजन गरिएको रकम आउने नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । पटरा खल्लाका २७ परिवारको बसोबासको लागी प्रति परिवार रु. ४ लाख रकम स्थायी आवास निमार्ण गर्न नेपाल सरकारले पठाउने र निड्स नेपालले रु. २५ लाख र नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले केही रकम बिनियोजन गरि व्यवस्थीत र जिल्लामै नमुनाको रुपमा एकिकृत नमुना बस्ती बसाउने योजना रहेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । गत असार २२, २३ र २४ गते आएको ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै जगबुडा नदीको बाढीले पटरा खल्लामा ठुलो धनमालको क्षती बनाएको हो ।

पटरा खल्लाका नजिक रहेको जमुना आधारभुत बिद्यालयको एक छेउमा एकिकृत नमुना बस्ती बसाउने बिषयमा एक कार्यदल बनाएर स्थानियहरु संग राय संकलन गर्नु पर्ने नेपाली काग्रेंस दोधारा चाँदनीका सभापती राजेन्द्र मल्लले बताउनुभयो । सर्वदलिय, सर्वपक्षिय बैठकमा आफ्नो बिचार ब्यक्त गर्दै सभापती राजेन्द्र मल्लले पटरा खल्लाका बाढीपिडितहरुलाई वर्षेनी बाढीको समस्या खेप्नु पर्ने हुदा उनिहरुलाई एकिकृत नमुना बस्ती निमार्ण गरि ब्यवस्थापन गर्नु पर्ने बताउनुभएको छ् । यस्तै दोधारा चाँदनी नगरपालिकाका पुर्व नगर प्रमुख बिर बहादुर सुनारले वर्षेनी बाढीको चपेटामा पर्दै आएका पटरा खल्लाका स्थानियहरुलाई मानविय हिसावले पनि सबै मिलेर व्यवस्थापन गर्नमा सहयोग गर्नु आवश्यक रहेको बताउनुभएको छ् राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा देशमै पहिलो पटक बाढी प्रभावितहरुलाई एकिकृत नमुना बस्ती बसाल्ने योजना रहेको हुदा एकिकृत नमुना बस्ती निमार्ण गरे सबैको नाउ रहने पुर्व नगर प्रमुख बिर बहादुर सुनारले बताउनु भयो ।

बैठकमा दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधी, शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना, नेपाली काग्रेंस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा लगाएत दलका नेता, सरोकारवालाहरुको उपस्थिती रहेको थियो । एकिकृत नमुना बस्ती निमार्णमा बिभिन्न संघ–संस्था संगको सहकार्यमा २७ घरहरु, सामुदायिक भवन, पानी ट्यांकी साथै बालबालिकाहरुका लागि खेल मैदान सहितको स्थायी बस्ती बसाल्ने योजना स्थानिय सरकारको रहेको छ् ।

बस्ती बसाल्न जग्गा उपलब्धाको लागी पटरखल्ला नजिक रहेको जमुना आधाभुत बिद्यालय तथा आसपास क्षेत्रका स्थानियबासीहरु संग राय संकलनको लागी दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरसिंह धनाडीको संयोजकत्वमा सर्वदलिय, सर्वपक्षिय १३ सदस्यीय एकिकृत नमुना बस्ती निमार्णको लागी जग्गा उपलब्ध गराउने बिषयमा कार्यदल गठन गरिएको छ् ।

एकिकृत नमुना बस्ती निमार्णको लागी जग्गा उपलब्ध गराउने गठन गरिएको कार्यदलले एक साता भित्र दोधारा चाँदनी नगरपालिका कार्यालयलाई प्रतिबेदन दिने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज