Advertisement

सिमा बस्तीमा मानव बेचबिखन बिरुद्ध माईती नेपालको जनचेतनामुलक कार्यक्रम

दोधारा । ‘तिनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखन बिरुद्ध सबैको एक्कबद्धता’ नारा सहित १८ औं मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर, नेपाल–भारत सिमा बस्तीहरुमा मानव बेचबिखन बिरुद्धमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले घरदैलो तथा पर्चापम्पलेट कार्यक्रम सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्ती आसपास क्षेत्रमा मानव बेचबिखन रोकथामका लागि घरदैलो तथा छलफल कार्यक्रम संचालन गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ् । कुतियावकर बस्ती दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा संग गाँसिएको जगबुडा नदी र महाकाली नदीको दोभानको दुर्गम बस्ती हो ।

घरदैलो कार्यक्रममा स्थानियबासीहरु संग मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था दलालहरुले अपनाउने नयाँ–नयाँ तौर–तरिकाहरु लगाएत मानव बेचबिखन जस्तो जघन्य अपराधले समाजमा पारेको प्रभाव, अपराधिक गतिविधीमा संलग्न दलालहरुको जालो समाजको प्रत्येक क्षेत्रमा फैलिदै गएको हुदा उक्त मानवता विरोधी अपराध लगाएत मानव बेचबिखन तथा ओसारपसारलाई न्युनिकरण तथा निर्मुलीकरण गर्न सबैको हातेमालो अपरिहार्य रहदै आएको सम्बन्धमा जनचेतनामुलक कार्यक्रम संचालन गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । कुतियाकवर बस्तीका स्थानियहरुले मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध नियन्त्रण कार्यमा माईती नेपाल संग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्तिलाई पहिचान गर्न कठिनाइ रहने भएपनि मानव बेचबिखन जस्तो जघन्य अपराध न्युनिकरणका लागि माईती नेपाल संग समन्वय र सहकार्यमा सदैव तत्पर रहेको उनिहरुले बतनाएका छन् । मानव बेचबिखन बिरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा माईती नेपाल कञ्चनपुरले कुतियाकवर बस्तीमा संचालन गरेको जनचेतनामुलक कार्यक्रम निकै लाभदायक रहेको स्थानियबासी बसन्ती सुनारले बताउनुभयो ।

नेपाल र भारतको सिमा क्षेत्रमा रहेको कुतियाकवर बस्ती मानव बेचबिखनको उच्च जोखिममा रहेको र आगामी दिनहरुमा पनि बस्तीमा माईती नेपालले यस्ता खाले जनचेतनामुलक कार्यक्रम संचालन गर्दै जानेमा आफु ढुक्क भएको बसन्ती सुनारले बताउनुभयो । पछिल्लो समयमा माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकाको महाकाली झोलुङ्गे पुल र महाकाली नदीमा निर्माधिन ४ लेनको पक्की पुलमा सुचना तथा परामर्श केन्द्र स्थापना गरि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी कार्य गर्दै आएको र बेचबिखन तथा ओसारपसारका घट्नाहरु कमी हुदैं आएको आभाष भएको उहाँले बताउनुभयो ।

अशिक्षा, खुला नाका, बेरोजगारीका कारण विभिन्न अपराधिक घट्नाहरु बढ्दै गएको अवस्थामा मानव बेचबिखन जस्तो जघन्य अपराध पनि बढ्दै गएको स्थानियहरुको भनाई रहेको छ् । मानव बेचबिखन के हो ? मानव बेचबिखन कसरी हुन्छ ? दलालको तौर–तरिका लगाएत कानुनी उपचारको बारेमा सचेतना गरिएको छ् । मानव बेचबिखन तथा ओसार पसारको जघन्य समस्यालाई कुनै एक व्यक्ति वा एक तह तप्काको समस्या हो भनेर नलिई सम्पुर्ण मानवको समस्या हो, भनि प्रत्येक व्यक्तिले समाजलाई सचेत पार्न जिम्मेवारी लिनुपर्ने कार्यक्रममा बताईएको छ् ।

स्थानियहरुलाई अपराधिक क्रियाकलाप विरुद्ध सचेत पार्दै यस्ता घट्ना घटेको खण्डमा माईती नेपाल तथा प्रहरी प्रशासनलाई तुरुन्त खबर गर्नुपर्ने जस्ता कानुनी पाटो बारे जानकारी प्रदान गरी सचेतनामुलक पर्चा पम्पलेटहरु वितरण गर्दै जनचेतनामुलक घरदैलो कार्यक्रम सम्पन्न गरिएको माईती नेपाल कञ्चनपुरले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज