Advertisement

स्थिर सरकारका लागि कांग्रेस-एमाले सहकार्यः गृहमन्त्री लेखक

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले मुलुकमा स्थायी सरकार निर्माणका लागि दुई ठूला दल कांग्रेस र एमालेबीच सहमति भएको बताएका छन्। गृहमन्त्री बनेपछि गृहजिल्ला पुगेर मंगलबार आयोजित एक कार्यक्रममा उनले स्थायी सरकारको अवधारणा र सुशासन कायम राख्न दुई दलबीच सहमति आवश्यक रहेको स्पष्ट पारे।

लेखकले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गर्दै भने, “प्रधानमन्त्री र मुख्यमन्त्रीले हरेक तीन–तीन महिनामा विश्वासको मत लिनुपर्ने अवस्थाको अन्त्यका लागि यो सहमति भएको हो। मुलुकमा विशेष परिस्थिति सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ।”

उनले नेपाली राजनीतिक इतिहासमा ठूला परिवर्तनका समयमा पनि यी दुई दल मिलेर अघि बढेको स्मरण गराउँदै, स्थायी सरकार बनेपछि विकास र सुशासनको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, लेखकले द्धन्द्धका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालयहरू पुनः सञ्चालन गर्न सरकारले पहल गरिरहेको जानकारी दिए। उनले भने, “जहाँ–जहाँ भन्सारका कार्यालयहरू र जग्गा रहेका छन्, ती कार्यालयहरूलाई पुनः सुचारु गर्ने प्रयासमा छौं। भारततर्फ भन्सार कार्यालय नभएकाले केही चुनौती भए पनि छोटी भन्सार सञ्चालनका लागि प्रयास जारी छ।”

सरकारले स्थानीय तहमा सुशासन र प्रशासनिक सेवा सुदृढ बनाउनका लागि भन्सार प्रणालीलाई समेत सुधार गर्ने योजना रहेको उनले बताए।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज