Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको टोली कञ्चनपुरमा

दोधारा । कञ्चनपुरमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा बाढी प्रभावितका लागि अस्थायी आवास तथा तटबन्ध निर्माण सम्बन्धी छलफल भएको छ् । साथै गत असार २२, २३ र २४ गतेको बाढीका कारण भएको क्षति र साँझेदार संस्थाहरुले प्रभावितहरुका लागि गरेको राहत वितरण कार्य र आगामी दिनमा गर्नुपर्ने पूर्व तयारीका विषयमा समेत छलफल भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कञ्चनपुरमा असारको बाढी प्रभावितहरुलाई एनएनएसडब्ल्यूए लगाएतका संघ–संस्थाहरुले ठूलो राहत प्रदान गरेको बताउनुभयो । उहाँले बाढीका कारण घर क्षति भएका प्रभावितहरुलाई तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड–२०८१’ र ‘विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि साँझेदार संस्था परिचालन कार्यविधि’ तयार भएको बताउनुभयो । जलवायु परिवर्तनको असरका कारण आगामी दिनमा पनि ठूलो विपद् आउन सक्ने भएकाले पूर्वाधार निर्माण गर्दा तिनै तहको सरकारले विपद्को जोखिमलाई ध्यानमा राखेर मात्र योजना बनाउनुपर्ने उहाँको भनाई रहेको छ् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले कञ्चनपरमा गत असारको बाढीमा उद्धार कार्य प्रभावकारी रुपमा सञ्चालन भएको बताउनुभयो । उहाँले एनएनएसडब्ल्यूए लगाएतका संस्थाहरुले ठूलो मात्रामा खाद्य सामग्री र गैर खाद्य सामग्री वितरण गरेको बताउदै उहाँले एनएनएसडब्ल्यूएले राहत तथा अन्य सहायताको भर्पाई जिल्ला प्रशासन कार्यालयमा बुझाएकाले पारदर्शीरुपमा राहत वितरण गरिएको बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले एनएनएसडब्ल्यूए र डीसीए नेपाल लगाएतका संस्थाहरुको सहयोगमा पूर्वाअनुमान प्रणाली व्यवस्थित भएकाले ठूलो मानविय क्षति हुनबाट जोगिएको बताउनुभयो ।

उहाँले दोधारामा पक्की तटबन्ध निर्माण हुनुपर्ने साथै दोधारा चाँदनी नगरपालिका– १० शान्ति टोल बाढीको उच्च जोखिममा भएकाले सुरक्षित आवासको आवश्यकता भएको बताउनुभयो । यस्तै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले डीसीए नेपाल, मर्सिकोर र सेभ द चिल्ड्रेनको सहकार्यमा पालिका संगको समन्वयमा गैर खाद्य समाग्री, खाद्यान्न र शैक्षिक सामग्री गरि करिब रु. २ करोड २५ लाख बराबरको राहत सहयोग गरिएको बताउनुभयो ।

कार्यकारी निर्देशक जैरुले दोधारा चाँदनीमा डीसीए नेपालको सहयोगमा पूर्व सूचना प्रणाली व्यवस्थित भएको बताउनुभयो । कार्यक्रममा कञ्चनपुरका नौ वटै पालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत साथै एनएनएसडब्ल्यूए, निड्स नेपाल, युनिसेफ, वर्ल्ड भिजन, सेभ द चिल्ड्रेन, मर्सिकोर, हेबिटाट फर ह्युमनिटी, जीआईजेड, आईओएम, यूएनडीपी, एनएलआर र अक्सफाम लगाएत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु तथा सरोकारवाला निकायहरुले बाढीबाट भएको क्षति तथा उद्धार तथा राहत वितरण बारे बताएका थिए ।

साथै बाढी प्रभावित स्थानहरु दोधारा चाँदनी नगरपालिकाको बाढीग्रस्त बस्ती जमुनाघाट र कुतियाकवर लगायतका स्थानहरुको स्थलगत अवलोकन गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

शुक्लाफाँटामा तीन मोटरसाइकल दुर्घट्ना, चित्तलको मृत्यू

शुक्लाफाँटामा तीन मोटरसाइकल दुर्घट्ना, चित्तलको मृत्यू

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटामा तीन मोटरसाइकल दुर्घट्नामा परेका छन् । महेन्द्रराजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका–५ अर्जु...
एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले नौ बजेबाट सुरु हुदैछ । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धा...
शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

धनगढी – नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र(ईआरओ) ले गरेको कार्यसम्पादन परीक्षणमा श...
एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ

कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ

महेन्द्रनगर – जिउदो कुकुरलाई नदीमा फाल्ने महिला पक्राउ परेकी छन् । बझाङको जयपृथ्वी नगरपालिका १० चैनपुरस्थित पानकोट पुलबाट जिउदै कु...
वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दर्शन सम्मानित

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दर्शन सम्मानित

महेन्द्रनगर – वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख एवं प्रहरी निरिक्षक दर्शन खड्का सम्मानित भएका छन् । बिहिबार औपचारीक कार्यक्...
सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

कञ्चनपुर - सुदूरपश्चिमको मौलिक, अर्गानिक तथा परम्परागत खानपानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले स्थानीय परिकारयुक्त ‘सुप थाली’...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज