Advertisement

गौरा पर्वको अवसरमा दोधारा चाँदनीमा देउडा, रस्साकस्सी र घैटाफोड प्रतियोगिता

Advertisement

पप्पु गुरुङ्ग, दोधारा । शुदूरपश्चिममा गौराको रौनक सुरु भएको छ । सुदूरपश्चिमको मौलिक पर्वमा रुपमा मनाइने गौराको गाँउ देखि बजार क्षेत्रमा रौनक बढेको छ् । शनिवार विरुडा भिजाएर गौरा सुरु भएको हो । गौरा पर्वको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा देउडा प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता र घैटाफोड प्रतियोगिता संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएका छ् । पुर्खाको दिन देखि चलि आएको गौरा पर्व आफूहरुले पनि संरक्षण गर्दै जानु पर्ने उद्धेश्य अनुरुप दोधारा चाँदनी नगरपालिकामा देउडा प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता र घैटाफोड प्रतियोगिता संचालन गरिएको उहाँले बताउनुभएको छ् ।

शिद्धनाथ मन्दिर समिति कञ्चनपुरको आयोजना, दोधारा चाँदनी नगरपालिका– २ र ४ वडा कार्यालयको सहयोग र कृष्ण समाज बिकास नेपाल, सिद्धनाथ युनेस्को बिकास नेपाल र दोधारा चाँदनी तेक्वान्दो डोजाङको बिशेष सहयोगमा सुदूरपश्चिमको मौलिक पर्वको पावन अवसरमा देउडा प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता र घैटाफोड प्रतियोगिता संचालन गरिएको वडाध्यक्ष सुनारले बताउनुभएको छ् । प्रतियोगितामा महिला र पुरुष सहभागी हुन पाउने ब्यवस्था गरिएको छ् । प्रतियोगितामा सहभागी हुन सबैलाई आयोजक संस्था शिद्धनाथ मन्दिर समिति कञ्चनपुरले आह्वान गरेको हो ।

प्रतियोगिताको उद्धघाटन सत्रलाई सम्बोधन गर्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले गौरा पर्व सुदूरपश्चिममा दसैं भन्दा पनि बढी महत्वका साथ मनाइने गरिएको र परम्परागतरुपमा मनाउदै आईरहेको गौरा पर्वको महत्व, गरिमा, ईतिहासकोको बारेमा आफुले यस ठाँउमा धेरै चोटी बोलीसकेको बताउनुभएको छ् । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगाएतका भाकामा देउडा खेल खेल्ने चलन छ् ।

बिगतका दिनहरुमा दोधारा चाँदनीमा संचालन हुदै आएको ‘गौरा पर्व बिशेष’ कार्यक्रममा यस वर्ष आयोजक संस्थाले देउडा प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता र घैटाफोड प्रतियोगिता समेत समाबेश गरेको नगरप्रमुख लिम्बुले बताउनुभएको छ् । शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर रानाले गौरा पर्व शुदुरपश्चिमेलीको मात्र पर्व नभई देशै भरीको पर्वकोरुपमा मनाउनु पर्ने धारणा ब्यक्त गर्नुभएको छ् । शुदुरपश्चिममा मात्रै गौरा पर्वको नेपाल सरकारले सार्वजनिक बिदा दिने गरेकामा शुदुरपश्चिम प्रदेश सरकारका सदस्य रानाले अन्य स्थानहरुमा समेत पर्वलाई महत्व दिन नेतृत्व तह सम्म छलफल गर्न जरुरी रहेको बताउनुभएको छ् ।

पहाडको मौलिक पर्व गौरा पहाडबाट बसाई सरेर आएकाहरुले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा धूमधामका साथ मनाउदै आएका छन् । गौरा पर्वमा मौलिकता संगै गौरा संग सम्बन्धित विभिन्न कार्यक्रमहरु पनि बिगतका दिनहरुमा समेत आयोजना गरिदै आएका छ् ।

गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई ब्रत बसी शिव र गौरीको पूजा आजा गर्नाले सुख, शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहि आएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

बैजनाथ माध्यामिक विद्यालयमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने

महेन्द्रनगर – कञ्चनपुरमा लागू पदार्थविरुद्ध सचेतना कार्यक्रमको आयोजना गरिने भएको छ । बुधबार आयोजक घटाल युवा विकास समाज र सह आयोजक ...
मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

मृगौला र क्यान्सरपीडित शुक्लाफाँटा नगरकी विष्ना जोशी उपचार खर्च नहुँदा मृत्युको मुखमा

कल्पना साउद, कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरकी एक मृगौला र क्यान्सरपीडित महिला मृत्युको मुखमा पुगेकी छिन ।...
नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

नेकपा(एमाले) कञ्चनपुरद्धारा ११औ महाधिवेशन प्रतिनिधिलाई प्रमाण पत्र वितरण

महेन्द्रनगर – एमाले पार्टी कार्यालयमा ११ औं महाधिवेशनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरिएको छ । एमाल...
बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

बेलडाँडीमा एक हप्तासम्म दिनभर विद्युत अवरुद्ध हुने

महेन्द्रनगर–नेपाल विद्युत प्राधिकरण, बेलौरी वितरण केन्द्रले बेलौरी सबस्टेसन अन्तर्गत बेलडाँडी फिडरबाट विद्युत लिइरहेका क्षेत्रका उ...
कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

कञ्चनपुर जिल्लामा एचआईभि सक्रमितको संख्या ६ सय ८२ पुग्यो, गत बर्षमा मात्रै ३२ जना नयाँ संक्रमित फेला

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एचआईभि संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले विश्व एड्स दिवस २०२५को अवस...
बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

बेलडाँडी गाउपालिका उपाध्यक्ष नाथको सराहनीय कार्य, मानसिक रोगबाट पिडित भई सडकमा बास बस्दै आएकी बालिको उद्धार

महेन्द्रनगर–बेलडाडी गाउपालिका उपाध्यक्ष शान्ती नाथले मानसिक रोगबाट पिडित बालिकाको उद्धार गरेकी छन् । पछिल्लो समयमा मानसिक स्थीती क...
औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

औषधि व्यवसायी मंसिर १६ गतेसम्म चरणबद्ध आन्दोलनमा, आन्दोलनको क्रममा दैनिक व्यवसाय ठप्प पार्दै

महेन्द्रनगर–आईतबारदेखि आन्दोलनमा उत्रिएका औषधि व्यवसायीहरुले सोमबार दुई घण्टा व्यवसाय नै बन्द गरेका छन् । सरकारले औषधि ऐन संशोधनगर...
मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न

महेन्द्रनगर–मानव जीवनमा गीता ज्ञानको महत्व विषयक विचार गोष्ठी सम्पन्न भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय महेन्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज