दोधारा चाँदनी नगरपालिका ४ का अध्यक्ष भक्त बहादुर सुनारले दोधारा चाँदनी नगरपालिका ८ दैउराली घाट का अति विपन्न परिवारका ५० वर्षिय नर ब. विकलाई आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका बिक रोजगारीको लागि भारतको रानीखेत स्थित कालापानीमा काम गर्दै आएका थिए । उनको २०८० माघ १५ गते खाना पकाउने क्रममा अचानक मिर्गी रोगले आगोमा परी दुवै हात लगायत शरीरको विभिन्न भाग जलेको थियो ।
आर्थिक अवस्था कमजोर भएका कारण भारतमा प्राथमिक उपचार गराई घर आएको बिक बताउछन् । घरमा आए पछि उपचार गर्दा रु.२ लाख ४० हजार जति खर्च भएको विककी धर्म पत्नि बालकुमारीले बताईन् । भारतमा उपचार गराउदा धेरै खर्च लाग्ने र दुवै हात काटनु पर्ने बताए पछि उनलाई उपचारको लागि भाद्र ७ गते महाकाली प्रदेशिक अस्पताल ल्याइयो । जलेर हड्डी खिएको हुनाले उनको दुवै हात काट्नु पर्ने भएको छ । अहिले एक हात काटिएर उपचार भईरहेको छ भने केही दिनमा अर्को हात पनि काट्नु पर्ने उपचारमा खटिएका डा.प्रयास न्यौपानेले बताए ।
दोधारा ४ का मनकारी अध्यक्ष भक्त बहादुर सुनारको सामाजिक सेवा भाव र ईमान्दारी साथ काम गरेको हुनाले उनलाई वडा अध्यक्षमा स्थानियले दोहराएका छन् । आफ्नो व्यक्तिगत तर्फ बाट रु. पाँच हजार सहयोग गरेका सुनारले समाजिक सञ्जालमा सहयोग मागी रु १० हजार ४ सय ५० सहयोग गरेका छन् अफ्ठयारो परेमा आफुलाई फोन गर्न भन्दै अझै सहयोग गर्ने अध्यक्ष सुनारले बताए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।