Advertisement

गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत ‘ईको पार्क’ मा वृक्षारोपण तथा व्यवस्थापन

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–४ र १८ मा रहेको बजार संगै जोडिएको ईको पार्क क्षेत्र बाक्लो बस्ती साथै मोटर गाडीहरुको उच्चतम प्रयोग हुने स्थान हो । पछिल्लो समय जलवायु परिवर्तनको असर, मोटर गाडीको उच्चतम प्रयोग साथै उद्योग धन्दाहरुले वातावरण प्रदुषित बन्दै गएको छ् । जनसंख्या वृद्धि र विस्तारित शहरीकरणका बिच वातावरणीय सन्तुलन कायम गर्न भीमदत्त नगरपालिकामा वृक्षारोपण कार्यहरु गरि हरियाली प्रवद्र्धनका लागि काम भईरहेको छ् । यसै क्रममा भीमदत्त नगरपालिका वडा नम्बर १८ स्थित सालघारीमा रहेको ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन कार्य सुरु भएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिका वडा नम्बर १८ को समन्यवमा ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन कार्य सुरु भएको हो ।

ईको पार्कमा गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत २० लाख बराबरको वृक्षारोपण गरिनेछ् । अहिले ईको पार्क परिसरमा तारबार लगाउने कार्य सम्पन्न भएको छ् । भीमदत्त नगरपालिका वडा नम्बर–१८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले महेन्द्रनगर बजारको मुटुमा रहेको ईको पार्कले जनताको स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने भएकाले यसलाई व्यवस्थित गर्न अति आवश्यक रहेको बताउनुभयो । उहाँले भीमदत्त नगरपालिका–१८ र एनएनएसडब्ल्यूए लगाएत विभिन्न संघ संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा ईको पार्क संरक्षण, संवर्धन र व्यवस्थापनको काम भईरहेको बताउनुभयो ।

एनएनएसडब्ल्यूए सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्र बढी प्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न साथै खुल्ला क्षेत्रहरुको संरक्षण गर्ने उद्देश्यले गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत वृक्षारोपण गर्न लागिएको बताउनुभयो । उहाँले ईको पार्कमा वृक्षारोपण, संरक्षण, सम्बद्र्धन र व्यवस्थापनका लागि गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रम अन्तर्गत रु. २० लाख बराबरको सहयोग गर्ने गरि भीमदत्त नगरपालिका वडा नम्बर–१८ संग सम्झौता भएको बताउनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको गिफ्ट प्रोजेक्टले जलवायु परिवर्तन अनुकुलनका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ् । परियोजनाले यस अघि भीमदत्त नगरपालिकामा रहेको भीम बाटिकामा सिचाई बोरिङ्ग जडान, वृक्षारोपण, झाँडी सरसफाई, ग्रास कटर, सिचाई पाईप र रुखहरुमा नेम प्लेट राख्ने र डस्टबिनहरुका लागि रु.४ लाख ८८ हजार १ सय ५९ बराबरको सहयोग गरेको थियो ।

साथै सरसफाई अभियान र वृक्षारोपणका लागि निरन्तर रुपमा सहयोग गर्दै आएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

आचार्य कृष्ण दमाईँ सहित १३ सय ७५ जना सिल्पि समुदायलाई जनै धारण गराउने ब्राहमण

महेन्द्रनगर- बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले २७ वर्षदेखि दलित बस्तीमा कर्मकाण्...
भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

भीमदत्तको दुर्गम बस्ती खल्लामछेट्टीमा निःशुल्क स्वास्थ्य शिबिर : ९३ जना लाभान्वित

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ९ खल्लामछेट्टीका सयौ जनाले निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ...
चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

चार दशकको साहित्यिक–सांस्कृतिक साधनाको सम्मान : प्राज्ञ बने हरीश प्रसाद जोशी

धनगढी - सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा चार दशकभन्दा बढी समयदेखि निरन्तर समर्पित हरीश प्रसा...
भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

भीमदत्त अन्तर मावि टी–२० क्रिकेटको उपाधि मर्निङ ग्लोरीलाई

महेन्द्रनगर — भीमदत्त अन्तर माध्यमिक विद्यालय (मावि) स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले जिते...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : चौथो दिनको खेलमा लिटिल बुद्ध र होली फेम्ली इंग्लिश मिडियम विजयी

महेन्द्रनगर - होली फ्यामिली इङ्लिस मिडियम स्कुलद्वारा आयोजित भीमदत्त नगरपालिका मावि स्तरीय टिटन्टी क्रिकेट प्रतियोगिताको चौथो दिनक...
हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

हटाउने सूचना फिर्ता गर्न माग गर्दै लालपुर्जा वितरण प्रक्रिया निरन्तरता दिन दबाब

महेन्द्रनगर - कञ्चनपुरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको प्रतिनिधित्व गर्ने भूमि समस्या समाधान संघर्ष समितिले बस्त...
अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता : तेस्रो दिनको खेलमा ईन्टरनेशनल, वेस्टर्न र मर्निङ्ग ग्लोरी विजयी

महेन्द्रनगर – होली फेम्ली ईलिस मिडियम स्कूलको आयोजनामा भईरको अन्तर मावि स्तरीय टि–२० प्रतियोगिताको तेस्रो दिन तिन खेल सम्पन्न भएका...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज