Advertisement

सामुदायिक विपद् व्यवस्थापन समितिहरुको लागी आधारभुत खोज उद्धार तथा प्राथमिक उपचार तालिम

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा रहेको सामुदायिक विपद् व्यवस्थापन समितिहरुको लागी आधारभुत खोज उद्धार तथा प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको छ । दोधारा चाँदनी नगरपालिका, डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) को सहयोग र सहकार्यमा दुई दिने विपद् संग जुध्न सामुदायिक विपद् व्यवस्थापन समितिहरुको लागी आधारभुत खोज उद्धार तथा प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) सुद्दढ परियोजनका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ९ र १० मा रहेका ३० जना सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई तालिम संचालन गरिएको सुद्दढ परियोजनका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् ।

बाढी आएको बेला जोखिम व्यवस्थापन गर्ने पहिलो कार्य त्यहा बसोवास गर्ने समुदायहरुको हुने भएको हुदा उनिहरुको लागी आधारभुत खोज उद्धार तथा प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) सुद्दढ परियोजनका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् । जगबुडा नदीमा खोज तथा उद्धार सम्बन्धी कृत्रिम नमुना अभ्यास संगै प्राथमिक उपचार सम्बन्धी तालिम समेत गरिने उहाँले बताउनुभएको छ् । नमुना अभ्यासपछि समग्र तालिम र अभ्यासको समीक्षा गरिने कार्यक्रम रहेको बताईएको छ् । दुई दिन दिन सम्म दिईएको खोज तथा उद्धार तालिमबाट आफूले खोज तथा उद्धारका आधारभूत ज्ञान सीप सिकेको र भोलि समुदायमा हुने कुनै पनि किसिमको विपद्को घटना घटेमा आफू आत्मविश्वासका साथ खोज तथा उद्धार कार्य गर्न सक्षम हुने तालिममा सहभागी कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक टेक बहादुर सुनारले बताउनुभएको छ् ।

आधारभुत खोज उद्धार तथा प्राथमिक उपचार तालिम बिगतका दिनहरुमा समेत संचालन हुदै आएको र पुनरताजगीको लागी उक्त तालिम भएको उहाँले बताउनुभएको छ् । विपद् पूर्व तयारीका लागि सबै निकायहरु बिच पारस्परिक सहयोग र समन्वय हुन जरुरी रहेको तालिममा औल्याईएको छ् । प्राकृतिक विपद्लाई रोकथाम गर्न नसके पनि पूर्व तयारीको माध्यमबाट विपद्को असरलाई न्यूनीकरण गर्न सकिने र दोधारा चाँदनी नगरपालिकाले पनि विगतको दिनहरुमा बाढी तथा विपद्को अनुभवलाई आत्मसात गर्दै प्रविधिको प्रयोग गरि पुर्व सुचना प्रणालीलाई सशक्त बनाउदै आएको छ् ।

विपद्को सामना गर्ने पहिलो वर्ग भनेकै स्थानिय समुदाय भएको हुनाले स्थानिय समुदायलाई विपद् प्रति जागरुक बनाउन, विपद् संग सम्बन्धी योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपद्को घटना हुना साथ प्रतिकार्यका लागि परिचालित हुन समुदाय स्तरमा खोज तथा उद्धार कार्यदल गठन गरी खोज तथा उद्धार तालिमको आयोजना गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) सुद्दढ परियोजनले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने

काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान नौ बजेबाट सुरु हुँदैछ । पार्टीका प्रचार तथा प्रकाशन विभ...
महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महाकाली यातायात बहुदेश्यीय कम्पनीको अध्यक्षमा भट्ट निर्वाचित, सदस्यमा कोको निर्वाचित भए ?

महेन्द्रनगर - महाकाली यातायात बहुदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा नविन भट्ट निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा १ सय ...
संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

वडा अध्यक्ष खत्री राप्रपा कञ्चनपुरको जिल्ला अध्यक्षमा चयन

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) कञ्चनपुरले नयाँ नेतृत्व पाएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौ जिल्ला अधिबे...
कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको ती...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज