दोधारा । दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती नजिक जगबुडा नदीले कटानी गर्दै घर, आंगन नजिक पुगेको छ् । आज बिहान अचानक जगबुडा नदीको वहाव तिब्र भएसंगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती नजिक जगबुडा नदीले कटानी तिब्र बनाएको छ् । बस्तीको घर आंगन नजिक जगबुडा नदी कटानी गर्दै नदी पुग्न थालेपछि स्थानियहमा त्रास छाएको छ् । नदीको कटानीलाई रोक्न स्थानिय स्तरबाट प्रयास जारी छ् । रुखका स्याला काटेर कटानीलाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरु लागिपरेका छन् ।
दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नदीको बाहव थोरै पनि तिब्र हुने बित्तिकै जगबुडा नदीले घरहरु तहस नहस गर्ने बताउनुभएको छ् । गत वर्ष दोधारा चाँदनी नगरपालिका र गैरसरकारी संस्थाहरुको सहयोगमा जैविक तटबन्ध निमार्ण गरेको बताउदै नगरप्रमुख किशोर कुमार लिम्बुले नदीको बहाव यस्तै तिब्र गतीमा रहने हो भने, राती सम्म नदी घर सम्म पुग्ने बताउनुभएको छ् । नदी छेउमा रहेका रुख नदीले बगाएर लग्ला, भनेर रुखहरुलाई तार, रस्सीले बाँधेर राख्ने काम भईरहेको उहाँले बताउनुभएको छ् ।
केही दिन अघि आएको जगबुडा नदीमा आएको बाढीले अठार नम्वर पिल्लर बस्ती नजिकको जग्गा कटानी गर्न थालेको छ् । नदीको कटानी अझै पनि नरोकिएको स्थानियहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाकै सबै भन्दा सानो बस्तीको नाउले चिनिने अठार नम्वर पिल्लर बस्तीमा ७ घरधुरीहरु रहेका छन् । बिगतका दिनहरुमा जगबुडा नदीले कटानी गर्दै आएको कारण अधिकांश स्थानियहरु बिस्तापित भएर अन्य स्थानमा बसाई सरेका छन् । नेपाल–भारत सिमा बस्ती संग जोडिएको उक्त बस्तीमा झण्डै २ सय बिघाह उर्वरक खेतीयोग्य जग्गा रहेको छ् ।
बस्तीमा वर्षायाममा मात्रै नभई हिउदमा समेत जगबुडा नदीले किसानहरुको उर्वरक भुमी कटानी गर्दै आएको स्थानियबासीहरुको भनाई रहेको छ् । यस्तै आज बिहान जगबुडा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्ला, वडा नं. ८ जर्काटोल र कुतियाकवर बस्तीमा नदीको पानी पसेको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाले जनाएको छ् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।