Advertisement

बाढीबाट दोधारा चाँदनीमा दुई हजार विद्यार्थी प्रभावित, खाली हात बिद्यालय आउन थाले बिद्यार्थी

दोधारा । कञ्चपुरको दोधारा चाँदनी नगरपालिकामा एक साता अघि आएको अविरल बर्षा सहित बाढीले बिद्यार्थीहरुमा परेको असर बुझ्न दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु सहित शिक्षा समितिको टोलीले बिद्यालयहरुमा अनुगमन थालेको छ् । बाढीले २ हजार बढी बिद्यार्थीहरुको किताब, कापी लगाएत उनिहरुको शैक्षिक सामग्री क्षतीको बिषयलाई लिएर दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका संस्थागत र सामुदायिक बिद्यालयहरुका अनुगमन थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले केही दिन अघि बाढीले पारेको प्रभावको बारेमा बिबरण संकलन भईसकेको जानकारी गराउदै थप वास्तविकता बुझ्न आफुहरुले अनुगमन थालेको बताउनुभएको छ् ।

उहाँले नगर क्षेत्रमा बाढीले बनाएको क्षतीको बारेका बिभिन्न मन्त्रालयमा जानकारी सहित क्षतीको बिबरण बुझाई सहयोगको माँग राख्दै आएको बताउनुभएको छ् । सम्भवत : भोली देखि नगर क्षेत्रमा बाढीले गरेको क्षतीको राहत रकम बितरण गर्न दोधारा चाँदनी नगरपालिका कार्यालय तयारीमा जुटेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षाले २ हजार भन्दा बढी विद्यार्थीको किताब, कापी लगाएत शैक्षिक सामग्री क्षती बनाएपछि बिद्यार्थीहरु रित्तो हात विद्यालय जान थालेका बिद्यालयहरुले जनाएका छन् ।

ज्यान जोगाउन मुस्किल भएको अवस्थामा, घरमा रहेका सबै सामान छाडेर भाग्नु परेको कारण किताब कापी, विद्यालय पोसाक, झोला सबै बाढीले बगाएको बिद्यार्थीहरुले बताएका छन् । गएको २२ गते देखि २४ सम्म आएको अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीले बिद्यार्थीहरुको शैक्षिक सामग्रीमा क्षती पुर्‍याएको क्षतीको बिषयमा बिद्यालयहरुमा स्थलगत अनुगमन सुरु गरेको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । बाढीबाट बिद्यार्थीहरु संग भएको शैक्षिक क्षतीको थप वास्तविक बिबरण संकलन गरि क्षतीलाई कसरी पुर्ती गर्न सकिन्छ भन्ने सन्दर्भमा नगर प्रमुख नेतृत्वको नगर शिक्षा समितिको टोली बिद्यालयहरुको अनुगमनमा रहेको उहाँले बताउनुभएको छ् ।

टोलीले बिद्यालयका प्रधानध्यापक तथा शिक्षकहरु संग समेत छलफल गरेको छ् । नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बाढीको बढी प्रभावित क्षेत्र भएको कारण शैक्षिक अवस्था समेत नराम्रो संग प्रभावित बनेको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा संस्थागत र सामुदायिक बिद्यालय गरि ४२ वटा बिद्यालयहरु रहेका छन् ।

नगर क्षेत्रको अधिकांश सबै टोल, बस्ती डुवानमा परेको हुदा बिद्यार्थीहरुको किताब कापी, विद्यालय पोसाक, झोला बाढीले भिजाएको, बगाएर लगेको बिद्यालयहरुले जनाएका छन् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए ।

मौसम सामान्य भए संग अन्य बिद्यालयमा आश्रय लिएर बस्दै आएका बाढीपिडित घर फर्किसकेको भएता पनि वडा नं. ३ पटरा खल्लाका ४० घरपरिवार अझै पनि जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

लालझाडी गाउँपालिकाद्धारा आचार्य कृष्ण दमाई सहित तीन जना सम्मानित

महेन्द्रनगर – लालझाडी गाउँपालिकाले २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा तिन जनालाई सम...
एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

एसईईमा चार जिपिए ल्याउने समृद्धि ऐरीलाई अविर टिका, खादासहित सम्मान

महेन्द्रनगर – एसईई परिक्षामा चार जिपिए ल्याई उत्तीर्ण भएकी समृद्धी ऐरीलाई सम्मान गरीएको छ । बिहिबार भीमदत्त नगरपालिका १८ कटानस्थित...
भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता : फाईन प्रवेश गर्न होली फेम्ली र मर्निङ्ग ग्लोरी भिड्दै

महेन्द्रनगर– होली फेम्लि ईग्लिस मिडियम स्कूलको आयोजनामा संञ्चालित भीमदत्त अन्तर मावि स्तरीय टि–२० क्रिकेट प्रतियोगिता अन्तरगत सेमि...
भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता, शान्ती निकेतन र होली फेम्ली सेमीफाईनल प्रवेश

महेन्द्रनगर – भीमदत्त अन्तर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत चौथो दिनको खेलमा शान्ती निकेतन मावि र होली फेम्ली ईग्लिस...
निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

निरु ओलीको सचिवालय गएपछि कृपाले पाए कंचनपुर इन्चार्ज

महेन्द्रनगर – एमाले केन्द्रीय सदस्य निरुदेबी पाल केहि दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्माओलीको सचिवालय प्रमुखमा चयन भएका छन्...
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

काठमाडौं, - नेकपा(एमाले) ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प...
उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

उच्च अदालत बार एसोसिएसन अध्यक्षमा पाठक र सचिवमा चौधरी निर्वाचित

महेन्द्रनगर - उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको ६ औं कार्य समितिका लागि अध्यक्षमा भोजराज पाठक र सचिवमा रोशन लाल चौधरी निर्वाचि...
अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

अन्तर माध्यमिक विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा सनराइज र लिटिल स्टार विजयी

महेन्द्रनगर - भीमदत्त नगरपालिका–१० जिमुवास्थित होलीफेम्ली इङ्लिस मिडियम स्कुलको आयोजना तथा भीमदत्त नगरपालिकाको सह आयोजनामा शनिबारद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज