Advertisement

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ – कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर “पेशागत संघ–संस्थाहरूको सामाजिक उत्तरदायित्व र भूमिका अन्तर्गत कानुनी साक्षरता, सचेतना र सहायता अभियान” विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न पेशागत संघ–संस्था, कानुन व्यवसायी, सरकारी निकाय, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य समाजमा बढ्दै गइरहेका अपराध, हिंसा, लागुऔषध दुव्र्यसन, सामाजिक विकृति तथा कानुनसम्बन्धी चेतनाको अभावलाई न्यूनीकरण गर्न सबै पेशागत संघ–संस्थाबीच सहकार्य गर्दै जिल्ला स्तरीय संयन्त्र निर्माण गरी प्रभावकारी कानुनी साक्षरता अभियान सञ्चालन गर्ने रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष हरिकृष्ण अवस्थी, उच्च सरकारी वकिल कार्यालयका निमित्त सहन्यायाधिवक्ता फटिकराज मुठभरी, नेपाल कानुन व्यवसायी परिषद्का सदस्य टेकबहादुर कठायत, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका निवर्तमान सदस्य हिरा चन्द, नेपाल बार काउन्सिलका निबर्तमान पार्सद एवम नेपाल कानुन तथा न्याय समाजका अध्यक्ष प्रकाश पाण्डेय, उच्च अदालत बार एशोसिएशनका अध्यक्ष भोजराज पाठक, जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता रामदत्त भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष सुरेश सिंह धामी, गैरसरकारी संस्था महासंघका अध्यक्ष अमिर तिरुवा, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भोजराज भट्ट, प्यावसन सुदूरपश्चिमका वरिष्ठ उपाध्यक्ष समरबहादुर चन्द, जिल्ला बारका पूर्व अध्यक्षहरू देवराज पन्त, कृष्णदेव जोशी, नरेन्द्रबहादुर सिंह, वर्तमान उपाध्यक्ष शङ्करबहादुर बिष्ट तथा बारका पूर्व तथा वर्तमान पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष हरिकृष्ण अवस्थीले समाजमा अझै पनि कानुनसम्बन्धी ज्ञान र सचेतनाको अभाव रहेकाले कानुनी साक्षरता अभियानलाई व्यापक बनाउन आवश्यक रहेको बताए। उनले कानुनको जानकारी अदालत वा कानुन व्यवसायीसम्म मात्र सीमित नरहेर विद्यालय, समुदाय र प्रत्येक नागरिकसम्म पुग्नुपर्ने धारणा व्यक्त गरे।

उनले भने, “समाजमा हुने धेरै विवाद, हिंसा र अपराध कानुनको जानकारी अभावका कारण पनि हुने गरेका छन्। त्यसैले कानुनी साक्षरतालाई अभियानका रूपमा अघि बढाउन सबै पेशागत संघ–संस्थाको साझा सहकार्य आवश्यक छ।”
नेपाल बार काउन्सिलका निबर्तमान पार्सद एवम नेपाल कानुन तथा न्याय समाजका अध्यक्ष प्रकाश पाण्डेयले विद्यालय र समुदाय केन्द्रित कानुनी साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए। उनका अनुसार संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी कानुन, नागरिक अधिकार, कर्तव्य, साइबर अपराध, लागुऔषध दुव्र्यसन, लैङ्गिक हिंसा, बाल अधिकार तथा सामाजिक उत्तरदायित्वका विषयमा नियमित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

उनले भने, “हामी छलफलमा मात्र सीमित रहने पक्षमा छैनौं। जिल्लाभर देखिने, बुझिने, जानिने र व्यवहारमै लागू हुने कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले जिल्ला स्तरीय संयन्त्र निर्माण गरी अभियानलाई प्रभावकारी बनाउने तयारी गरेका छौं।त्यसको लागि सबैको सहयोग आवश्यक छ । सबैको सहयोग रहनेछ भन्नेमा बिश्वस्थ छौँ ।”
कार्यक्रममा उच्च सरकारी वकिल कार्यालयका निमित्त सहन्यायाधिवक्ता फटिकराज मुठभरीले कानुनको प्रभावकारी कार्यान्वयनसँगै नागरिकमा कानुनी सचेतना अभिवृद्धि हुन सके मात्र विधिको शासन बलियो बन्ने बताए। उनले विद्यालय, समुदाय र विभिन्न सामाजिक संस्थामार्फत कानुनी साक्षरता कार्यक्रम सञ्चालन गर्न सके अपराध न्यूनीकरणका साथै नागरिकमा आफ्नो अधिकार र कर्तव्यप्रतिको जिम्मेवारीसमेत बढ्ने धारणा व्यक्त गरे।

 

त्यसैगरी, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका निवर्तमान सदस्य हिरा चन्दले कानुनी साक्षरता केवल कानुन व्यवसायीको जिम्मेवारी नभई सम्पूर्ण समाजको साझा दायित्व भएको बताए। उनले सरकारी निकाय, स्थानीय तह, शैक्षिक संस्था, सञ्चारमाध्यम तथा नागरिक समाजबीच समन्वय र सहकार्य भएमा अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।
अन्तरक्रियामा सहभागी वक्ताहरूले कानुनी साक्षरताले मात्र न्यायमा नागरिकको पहुँच सहज हुने, सामाजिक सद्भाव कायम रहने तथा अपराध न्यूनीकरणमा टेवा पुग्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले सरकारी निकाय, कानुन व्यवसायी, सञ्चारमाध्यम, शैक्षिक संस्था, नागरिक समाज र पेशागत संघ–संस्थाबीच निरन्तर समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी, गैरसरकारी संस्था महासंघका अध्यक्ष अमिर तिरुवा, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भोजराज भट्ट, प्यावसन सुदुरपस्चिम प्रदेस बरिस्ठ उपाध्यक्ष समरजंग बहादुर चन्द तथा अन्य सहभागीहरूले पनि समुदायस्तरमा कानुनी शिक्षा र सचेतना विस्तार गर्न आफ्नो संस्थाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा अपराध नियन्त्रणका लागि दण्ड मात्र पर्याप्त नहुने, अपराध हुन नदिन पूर्वसचेतना र कानुनी शिक्षा अझ प्रभावकारी माध्यम हुने निष्कर्ष निकालिएको थियो। विद्यालयस्तरदेखि नै कानुनी शिक्षा र नैतिक शिक्षालाई व्यवहारिक रूपमा लागू गर्नुपर्ने सुझावसमेत सहभागीहरूले दिएका थिए।
कार्यक्रमको अन्त्यमा कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनले खिर दिवसको अवसरमा विभिन्न पेशागत संघ–संस्थालाई एकै थलोमा ल्याई समाजका साझा समस्यामाथि गम्भीर छलफल गर्न पाएकोमा खुसी व्यक्त गरेको छ। कार्यक्रममा सहभागी भई सुझाव, सहयोग र ऐक्यबद्धता जनाउने सम्पूर्ण व्यक्तित्वप्रति बार परिवारका तर्फबाट मन, वचन र कर्मले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरिएको थियो।
यसैबीच, कार्यक्रमले पछिल्लो समयमा कोशी र मधेश प्रदेशका केही स्थानमा देखिएका अराजकतावादी गतिविधिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। सहभागीहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै सम्पूर्ण नेपाली, राजनीतिक दल, पेशागत संघ-संस्था तथा नागरिक समाजलाई संयमता, सहकार्य र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
कार्यक्रमले सरकारले शान्ति–सुरक्षा कायम गर्न आवश्यक सबै उपाय प्रभावकारी रूपमा अवलम्बन गर्नुपर्ने, कानुनको निष्पक्ष कार्यान्वयन सुनिश्चित गर्नुपर्ने तथा प्रत्येक नागरिकको जिउधनको सुरक्षा प्रत्याभूत गर्न विशेष ध्यान दिनुपर्ने अपिलसमेत गरेको छ।
कार्यक्रममा स्वागत तथा कार्यक्रमको बिषयमा जानकारी बारका उपाध्यक्ष अधिवक्ता शंकर बहादुर बिष्टले दिएका थिए भने कार्यक्रमको सञ्चालन कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनका सचिव विश्वभर नाथले गरेका थिए।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवास वरपर सरसफाई

धनगढी – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संविधान दिवसको पूर्वसन्ध्यामा मन्त्रालय परिसर तथा मुख्यमन्त्री निवा...
उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८...
बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

बाढी पीडितलाई होली फेमली स्कुलको तिन लाख ३१ हजार रुपया सहयोग

महेन्द्रनगर – होली फेमली इङ्गलिश मिडियम स्कुलले भोटेकोशीमा आएको बाढीपिडितका लागि आर्थिक सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा ...
सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एज...
दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

दार्चुलाका बाढी–पहिरो प्रभावितलाई तत्काल पुनःस्थापना गर्न एमालेको आग्रह

धनगढी- दार्चुला जिल्लाको पश्चिमोत्तरको व्यास गाउँपालिका–४ मडगाउँमा गत भदौ २८ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले ७ परिवार बिस्थ...
गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

गृहमन्त्रीको उग्र अभिव्यक्तिप्रति ओलीको जवाफ—‘यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा (एमाले) का अध्यक्ष केपी ...
भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

भिडियो बनाउने धुनमा नदीमा लड्दा बेपत्ता

महेन्द्रनगर - भिडियो बनाउने धुनमा महाकाली नदीमा खसेर किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार दिउ...
मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज