नयाँ खबर
महेन्द्रनगर – राष्ट्रिय दलित आयोगका पूर्व सदस्य दान बहादुर विश्वकर्माको निधन भएको छ । केही दिनदेखि अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएका विश्वकर्माको ७२ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ । विश्वकर्मा लामो समयदेखि राजनीति र दलित समु्दायका अधिकारका लागि सक्रिय व्यक्तित्व हुन् ।
कैलालीको धनगढीका विश्वकर्माको निधनपछि पार्थिव शरिर घर ल्याईएको छ । विश्वकर्माको बुधबार विहान गोदावरीमा अन्त्येष्टि गरिने छोरा हिमेश बिकेले जानकारी दिए ।
विश्वकर्माले राजनीति, समाजसेवासंगै दलित समुदायका शिप कला सम्बन्धि शिल्पी समुदायका कला पुस्तक लेखन गरेका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।