Advertisement

बैजनाथ आधारभूत विद्यालय वनकट्टीमा धार्मिक अनुष्ठान सम्पन्न

महेन्द्रनगर– बैजनाथ आधारभूत विद्यालय बनकट्टीमा दुई दिने धार्मिक अनुष्ठान सम्पन्न भएको छ । आईतबार कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. १४ बनकट्टीस्थित बैजनाथ आधारभूत विद्यालयमा ‘अखण्ड रामायण पाठ, सांयिगतिक भजन–कीर्तन’ कार्यक्रम सभ्यभव्यरुपमा सम्पन्न गरीएको हो । शनिबारदेखि विद्यालय प्राङ्गणमा ऐतिहासिक धार्मिक अखण्ड रामायण धार्मिक अनुष्ठान कार्यक्रम संञ्चालन गरीएको थियो ।


रितिरिवाज परम्परा र सस्कृति जोडेर विद्यार्थीहरुको सिकाई र धार्मिक क्रियाकलापलाई जोडेर संगै लैजानका लागि लगाईएको अखण्ड रामायण धार्मिक अनुष्ठान कार्यक्रम सव्यभव्यरुपमा सम्पन्न गरीएको विद्यालयका प्रधानाध्यापक पुष्प मणी जोशीले बताए । ‘यो समाजमा रहेका विभिन्न जातजाती, धर्म, परम्परा, पेषा भएका मानिसहरुविच आत्मियता जोड्न, धार्मिक चेतनाको बृद्धि, नैतिक शिक्षाको ज्ञान, बालबालिकाहरुलाई आफ्नो कला संस्कृति प्रदर्शन गर्ने बातावरण सृजना गर्ने उदेश्यले लगाईएको यो अनुष्ठान स्थानीय मानिसहरुले भजनकृतन गरी रातभरी मनाईएको छ,’ प्रधानाध्यापक जोशीले भने, ‘सामाजिक क्रियाकलाप प्रति यहाका बृद्धिजिवि, शिक्षाप्रेमी र अभिभावकहरुको एकता सिर्जना भएको देखियो, ऐतिहासिक रुपमा सम्पन्न गरीएको अनुष्ठानले समाजमा एकता, आएको र विद्यार्थीहरुले धार्मिक क्रियाकलापका बारेमा जानकारी पाएका छन् ।’

उनले कार्यक्रममा विभिन्न तवरमा साथ सहयोग गर्ने सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गरेका छन् ।
विद्यालयमा पहिलो पटक पठन पाठनका साथै साँस्कृति कार्यक्रम गरीएको हो । उक्त धार्मिक अनुष्ठानमा ९ पण्डित मार्फत एकै पटक अनुष्ठान गरीएको छ ।

अखण्ड रामायण, कथा बाचन, भजन किर्तन, पुजापाठ सहित विद्यार्थीका विविध साँस्कृतिक कलाकौसल प्रर्दशन गरीएको विद्यालय व्यवस्थापन समिति सदस्य विर बहादुर नेगीले बताए । कार्यक्रममा आउने, भौतिक एव नगद सहयोग बाफत विद्यालयकै बृद्धि विकासका खर्च गरिने बताउँदै प्रअ जोशीले समुदाय मिले मात्रै विद्यालयको बृद्धि विकास हुने बताए ।
पुष्पमणी जोशीले तीन बर्ष अघि उक्त विद्यालयको नेतृत्व लिएपछि विद्यार्थीको आकर्षण बृद्धिका साथै विद्यालयको बृद्धि विकास भईरहेको छ । समुदाय, अभिभवाक,देखि विद्यार्थीको रोजाईमा परेको उक्त विद्यालयमा अहिले विद्यार्थी संख्या समेत बृद्धि भइरहेको जनाएको छ ।

 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर भण्डारीले अभिभावक, स्थानीयदेखि सरोकारवाला निकायको साथ सहयोगले धार्मिक कार्यक्रम सम्पन्न गरीएको बताए ।

कार्यक्रममा क्षेत्र नं. ३ का सांसद ज्ञानेन्द्र सिह महता, उप्रमुख निलम लेखक जोशी, वडाध्यक्ष भोजराज जोशी लगायत जनप्रतिनिधीलगायत स्थानीय व्यवसायी, अभिभावक, शिक्षक पत्रकारकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउको विरोधमा  पत्रकार आन्दोलित, तत्काल रिहाइको माग

काठमाडौं ,जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गर...
पेस्तोलसहित ४ जना पक्राउ

पेस्तोलसहित ४ जना पक्राउ

महेन्द्रनगर - कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको वडा प्रहरी ...
कच्ची सडक, कोचाकोच यात्रा

कच्ची सडक, कोचाकोच यात्रा

रनि विवश-  शुक्रबार साझ ६ बजे । देहीमाण्डौ बजारको पूर्वी कुना शान्त थियो । महेन्द्रनगरबाट आएको यात्रु बाहक बस झ्वाम्म रोकियो । देह...
कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

कानुनी साक्षरता अभियानलाई जिल्लाव्यापी बनाउने तयारी

महेन्द्रनगर, साउन १५ - कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशन, महेन्द्रनगरको आयोजनामा खिर दिवसको अवसर पारेर "पेशागत संघ–संस्थाहरूको सा...
चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज