Advertisement

रेडियन्ट माविले सरसफाई तथा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनायो

माला भट्ट, महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय क्षेत्र तथा महेन्द्रनगर बजार क्षेत्रमा रहेका धार्मिक स्थलहरुको सरसफाई गर्नुका साथै विद्यालय परिसरमा वृक्षारोपण गरेको छ ।

 

वातावरण संरक्षणप्रतिको सामूहिक दायित्व बोध गराउने उद्देश्यले विद्यालयले वृक्षारोपण तथा सरसफाइ कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको छ ।

 

​विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दको नेतृत्वमा भएको मन्दिर सरसफाई कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक लोकेन्द्र भट्टसहित विद्यालयमा क्रियाशिल रहेका ‘इको क्लब’ र ‘बाल क्लब’ मा आबद्ध विद्यार्थीहरूले सरसफाइ गरेका हुन् ।

 

सरसफाई अभियान अन्तर्गत विद्यार्थीहरूको टोलीले महेन्द्रनगर बजार क्षेत्रमा रहेका प्रसिद्ध धार्मिक स्थलहरू बैजनाथ धाम मन्दिर र शिवनाथ धाम मन्दिर परिसरमा सरसफाई गरेको छ ।

 

धार्मिक र ऐतिहासिक महत्व बोकेका उक्त स्थलहरूको सरसफाई गरिँदा स्थानीय स्तरमा समेत पर्यावरण सफा राख्नुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह भएको विद्यालयका प्रधानाध्यापक चन्दले बताए ।

 

विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्रै नभई वातावरण संरक्षणको महत्व र यसको प्रभावबारे जानकारी र अनुभव प्रदान गर्नका लागि विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा सरसफाई र वृक्षारोपण कार्यक्रममा सहभागि गराईएको समेत उनले बताए । यस्ता कार्यक्रमहरु मार्फत विद्यार्थीहरूमा वातावरणीय चेतनाको विकास गराउने र विद्यालय परिसरलाई हराभरा, स्वच्छ एवं आकर्षक बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

​दिवसकै अवसरमा विद्यार्थीहरूले विद्यालय परिसरमा पनि सरसफाई कार्यक्रम गर्नुका साथै आ-आफ्नो घरबाट ल्याएका विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवाहरू विद्यालय प्राङ्गणमा रोपेर वृक्षारोपण समेत गरेका छन् ।

यस्ता रचनात्मक कार्यहरूको माध्यमद्वारा विद्यार्थीहरुले सानै उमेरदेखि पर्यावरण संरक्षणको महत्त्व बुझ्ने र विद्यालयको वातावरणलाई अझ बढी आकर्षक र वातावरणमैत्री बनाउन मद्दत पुग्ने अतिरिक्त क्रियाकलाप संयोजक लोकेन्द्र भट्टले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज