Advertisement

महेन्द्रनगरमा पनि ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ : तिब्र गतिको बलर खोज्न आइतबार महेन्द्रनगरमा युवाहरुबीच प्रतिस्पर्धा गराइने

महेन्द्रनगर : नेपालमै सबैभन्दा तीव्र गतिका बलरको खोजी गर्ने उद्देश्यसहित ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ प्रतियोगिताको तेस्रो संस्करण आगामी वैशाख २० गते महेन्द्रनगरमा आयोजना हुने भएको छ।
इन्टरनेट सेवा प्रदायक कम्पनी WorldLink Communications ले आइतबार दिउँसो ४ बजे महेन्द्रनगरस्थित कभर्ड हलमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ। उक्त कार्यक्रममार्फत क्रिकेटप्रति रुचि राख्ने युवा प्रतिभाहरूलाई आफ्नो बलिङ गति, सीप र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिनेछ।

वल्र्ड लिङ्कको महेन्द्रनगर शाखा प्रमुख राज भट्टका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरूको बलिङ स्पीड विशेष प्रविधियुक्त उपकरणमार्फत मापन गरिनेछ। प्रतिस्पर्धीहरूमध्येबाट उत्कृष्ट तथा सबैभन्दा तीव्र गतिका बलर छनोट गरिने उनले जानकारी दिए।

आयोजकका अनुसार कार्यक्रमले स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका उदीयमान क्रिकेट खेलाडीहरूलाई पहिचान दिलाउने र उनीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। क्रिकेटप्रेमी युवाहरूलाई उत्साहका साथ सहभागिताका लागि आह्वानसमेत गरिएको छ।
प्रतियोगितामा सहभागी हुन कुनै शुल्क नलाग्ने शाखा प्रमुख भट्टले बताए। यस वर्षको संस्करणलाई थप प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउन तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज