Advertisement

होली फेमली स्पोर्टस एकेडेमीद्धारा हजारौलाई निःशुल्क क्रिकेट र तेक्वान्दो प्रशिक्षण

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले हजारौ विद्यार्थीहरुलाई निशुल्क तेक्वान्दो प्रशिक्षण तथा क्रिकेट ट्रेनिङ्ग प्रदान गरेको छ । लामो समयदेखि निशुल्क तेक्वान्दो प्रशिक्षण तथा क्रिकेट ट्रेनिङ्ग दिदै आएको होली फेमली एकेडेमीले दश दिने क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण गरेको हो । २०८० देखि निशुल्क क्रिकेट र तेक्वान्दो सिकाउदै आएको एकेडेमीले अहिलेसम्म एक हजार ५० जनालाई निशुल्क तेक्वान्दो तथा क्रिकेट ट्रेनिङ्ग दिएको छ ।
यस बर्ष पनि बैशाख २ गतेदेखि ११ गतेसम्म चलेको क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षणबाट सरकारी र संस्थागत विद्यालयकागरी तिन सय ५० जना विद्यार्थी लाभान्वीत भएका छन् ।
एकेडेमीका अनुसार गत बर्षको निशुल्क तेक्वान्दो प्रशिक्षणमा ८० र निशुल्क क्रिकेट टे«निङ्गमा एक सय ३० जना लाभान्वित भएका छन् । २०८१ बैशाखमा भएको निशुल्क प्रशिक्षण तथा तालिममा तिन सय जना विद्यार्थीहरु सहभागित भए । भने २०८० बैशाख महिनामा राखिएको निशुल्क तालिममा दुई सय बढि विद्यार्थीहरुले सहभागि भएका थिए ।

 

 

शुक्रबार होली फेमली स्पोर्टसका अध्यक्ष भूपाल सिंह विष्टको अध्यक्षता एवं क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दको प्रमुख आतिथ्यतामा एक औपचारीक समारोहकाविच क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण कार्यक्रमको समापन गरीएको थियो । समापन कार्यक्रममा तालिम तथा प्रशिक्षणमा सहभागि खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरीएको छ । प्रमुख अतिथि क्यान अध्यक्ष चतुर बहादुर चन्दलगायत अभिभावकहरुले खेलाडीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।

नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले क्रिकेट तथा खेलकुद क्षेत्रमा होली फेमलीले गरेको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरुलाई आफ्नो क्षमता निखारता ल्याउन र क्षमता पहिचान गर्न सहयोग पुग्ने बताए । उनले यस्ता तालिमहरुबाट खेलाडीहरुमा उत्प्रेरणा दिनुका साथै खेलाडी उत्पादनमा महत्वपूण सहयोग पुग्ने बताए ।

एकेडेमीका अध्यक्ष एबम् होली ग्रुफ अफ स्कुलका संस्थापक भुपाल सिह विष्टले स्पोर्टसको ग्राउण्डमा ६ वटा पिच निर्माण गरी बाह्रै महिना क्रिकेट तालिम दिने बताए ।
एकेडेमीका अध्यक्ष एबम् होली ग्रुफ अफ स्कुलका संस्थापक भुपाल सिह विष्टले खेलकूद विकासका लागि एकेडेमीको स्थापना गरेका हुन ।

समापन कार्यक्रममा होली फेमलीका फाउण्डर आरती देवी विष्ट, उपाध्यक्ष महादेव प्रसाद भट्ट, सुदूरपश्चिम क्रिकेट संघका सचिव लक्ष्मण भट्ट, कञ्चनपुर क्रिकेट संघका सचिव विशाल शोनार, विष्ट समाज कञ्चनपुरका अध्यक्ष भवानी सिंह विष्ट लगायत अभिभावक, विद्यार्थी, शिक्षक समापन कार्यक्रममा सहभागी भए ।

एकेडेमीले विगत दुई बर्षदेखि निशुल्क खेलकुद तालिम तथा प्रशिक्षण दिदै आईरहेको छ । कार्यक्रममा स्वागत मन्तव्य एकेडेमीका उपाध्यक्ष महादेव भट्टले राखेका छन् । कार्यक्रमको संञ्चालन हरीस सिंह ठगुन्नाले गरेका थिए । खेलकुद क्षेत्रमा ठूलो लगानी गर्दै आएको होलीफेमली एकेडेमी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि उत्पादनको केन्द्र बनेको छ ।

होली क्रिकेट एकेडेमी र होली तेक्वान्दो डोजाङले उत्पादन गरेका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा सहभागी भएको होली स्पोर्टस क्लबका उपाध्यक्ष भट्टले बताए ।
२०५७ मा स्थापना भएको होली फेमली इङ्गलिश मिडियम स्कुलले खेलकूदलाई प्राथमिकता दिँदै क्रिकेट एकेडेमी स्थापना गरी विद्यालयमा क्रिकेट बाहेक भलिबल, फुटबल, ब्याडमिन्टन लगायतका खेल प्रतियोगिता हुँदै आएका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

रवीन्द्र ढाँटले रचे इतिहास, रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर

काठमाडौँ: नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’को फाइनलमा पुगेर इतिहास रचेका छन्। चीनको साङ्घा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज