Advertisement

कञ्चनपुरबाट चौधरी र रावल मन्त्री

महेन्द्रनगर – प्रधानमन्त्री बालेनशाहले मन्त्रीमण्डल गठन गरेको छ । आज शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट सपत ग्रहण गरेका प्रधानमन्त्री शाहले मन्त्रीमण्डल गठन गरेका हुन् । उनले गठन गरेको मन्त्री मण्डलमा कञ्चनपुरले दुई मन्त्री पाएको छ । कञ्चनपुरका प्रतिभा रावल र गिता चौधरी मन्त्री बनेका हुन् । प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी छन् । भने गिता चौधरीले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिईएको छ । उनीहरुले आजै राष्ट्रपती रामचन्द्र पौडेलबाट सपत ग्रहरण पनि गरेका छन् ।
दुवै जना समानुपातिक निर्वाचन प्रणालिबाट प्रतिनिधि सभा सदस्य बनेका हुन् ।
रास्वपाको सह प्रवक्ताको जिम्मेवारीमा रहेकी रावल दशक बर्ष पत्रकारीताबाट राजनितिमा आएकी हुन् । रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा पनि काम गरेकी रावल रास्वपा गठन भएदेखि नै प्रत्यक्ष रूपमा पार्टीसंग जोडिएकी हुन् ।
त्यसैगरी कृषि मन्त्री बनेकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की ३३ वर्षीय चौधरी अधिवक्ता हुन् ।
बालेन शाह नेतृत्वको मन्त्री मण्डल यस्तो छ :

१. बालेन शाह -प्रधानमन्त्री
२. सुदन गुरुङ – गृहमन्त्री
३. स्वर्णिम वाग्ले – अर्थमन्त्री
४. शिशिर खनाल – परराष्ट्रमन्त्री
५. सोबिता गौतम – कानुन मन्त्री
६. विराजभक्त श्रेष्ठ – ऊर्जा मन्त्री
७. सुनिल लम्साल – भौतिक पूर्वाधार मन्त्री
८. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री
९. सस्मित पोखरेल – शिक्षा मन्त्री
१०. निशा मेहता – स्वास्थ्य मन्त्री
११. गिता चौधरी – कृषि मन्त्री
१२. गणेश पौडेल – पर्यटन मन्त्री
१३. दिपक साह – श्रम मन्त्री
१४. प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री
१५. सीता वादी – महिला, बालबालीका मन्त्री

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सार्क एजुकेसन फाउण्डेशनले पत्रकारहरुसंग किन गर्यो अन्तरक्रिया ?

सार्क एजुकेसन फाउण्डेशनले पत्रकारहरुसंग किन गर्यो अन्तरक्रिया ?

महेन्द्रनगर — सार्क एजुकेशन फाउण्डेशन महेन्द्रनगरले पत्रकार सम्मेलन गरेको छ । फाउन्डेसनले शिक्षा प्रणालीमा सुधार र नवीनतम शिक्षण क...
अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना अन्तरगत महिलाहरु व्यवसायमा जोडिदै

अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना अन्तरगत महिलाहरु व्यवसायमा जोडिदै

महेन्द्रनगर–अन्तरदेशीय सीमा नदीको पानीको सदुपयोग (ट्रोसा) परियोजना समापन भएको छ । महाकाली नदी किनारका महिलाहरुको सशक्तिकरण र पानीम...
जनज्योतिमा विद्यार्थीले खेल्न पाउने छन् स्वीमिङ्ग

जनज्योतिमा विद्यार्थीले खेल्न पाउने छन् स्वीमिङ्ग

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको बहुचर्चित जनज्योती माध्यमिक विद्यालयमा स्वीमिङ्ग पुल निर्माण गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका...
होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

होली फेमली स्पोर्टस एकेडेमीद्धारा संञ्चालीत दश दिने निशुल्क क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण समापन, साढे तिन सय जना प्रशिक्षित

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थीत होली फेमली स्पोर्टस एकेडेमीले सञ्चालन गरेको १० दिने क्रिकेट ट्रेनिङ्ग तथा...
विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

विद्यार्थी भर्ना अभियानको मुखमा शिक्षक तनावमा, कार्यदलको प्रतिवेदन कार्यन्वयन नगर्न माग

महेन्द्रनगर – बैशाखको दास्रो साता अर्थात बैशाख ९ गते, शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समिति अध्यक्षलगायतको टिम घरदैलो, प्रचा...
जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

जिल्ला प्रशासन अगाडी अर्धनग्न प्रदर्शन

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअगाडि अर्धनग्न प्रदर्शन गरीएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि आरक्ष ...
यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

यसरी पुर्याइन उप प्रमुख लेखकले असाहाय परिवारको घरमा खाद्यान्न

खडक बहादुर काेली महेन्भिद्रनगर - भीमदत्त  नगरपालिकाकी उप प्रमुख निलम लेखक जोशीले  माता तीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनकाे ...
सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

सार्वजनिक खरिद ऐन संशोधनका लागि कञ्चनपुर निर्माण व्यवसायी संघद्वारा सुझाव समिति गठन

महेन्द्रनगर– निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन ०६३ सशोधनका लागि सुझाव संकलन समिति गठन गरेको छ । नेपाल निर्माण व्यव...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज