नयाँ खबर
महेन्द्रगनर–कञ्चनपुरमा निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी प्रतिनिधि सभा सदस्यका उमेदवारहरुसंग अन्तरक्रिया गरीएको छ । आइतबार दिउँसो जिल्ला समन्वय समिति कञ्चनपुरको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी हरिशचन्द्र जोशीले जिल्लाभरको निर्वाचनसम्बन्धी तथ्यांक र निर्वाचन आचारसंहिताबारे जानकारी दिए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी तथा प्रमुख कोष नियन्त्रक कृष्ण बहादुर धामीले आचारसंहितासम्बन्धी विषयमा थप प्रस्तुतीकरण गरे ।

कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको बताए । उनले मतदानभन्दा ७२ घण्टाअघि नेपाल(भारत सीमामा आवागमन बन्द गरिने जानकारी दिदै सीमापार रहेका मतदाताहरूलाई निर्वाचन हुनभन्दा तिन दिनअघि नै स्वदेश फर्किन अनुरोध गरे ।

मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिंह भण्डारीले निर्वाचनलाई चुस्त–दुरुस्त, शान्तिपूर्ण तथा भयरहित बनाउन सबै सरोकारवालाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी उम्मेदवारहरू र राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।




परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।