Advertisement

‘सुरक्षित आवास’ मा सुत्केरी भएका महिलालाई रेडक्रसको सहयोग

पप्पु गुरुङ्ग, दोधारा । ‘सुरक्षित आवास’ मा सुत्केरी भएका एक महिलालाई नेपाल रेडक्रस सोसाईटीले सहयोग गरेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० निवासी गिता सुनारको घर बाढीले पुर्णरुपमा क्षती बनाएपछि ‘सुरक्षित आवास’ मा बस्दै आएका हुन् । ‘सुरक्षित आवास’ मा सुत्केरी भएका गिता सुनारलाई नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाले गैरखाद्य सामग्री र पोषणयुक्त खानेकुरा सहयोग गरेको छ् । नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको एक टोली कुतियाकवर बस्तीको दोधारा चाँदनी नगरपालिका र गैरसरकारी संस्थाहरुले बाढीबाट स्थानियबासीको ज्यान जोगाउन निमार्ण गरेको ‘सुरक्षित आवास’ मा पुगी बाढीले बेघर भएर ‘सुरक्षित आवास’ मा आश्रय लिएर बसेका सुत्केरी महिला गिता सुनारलाई गैर खाद्य सामग्री र पोषणयुक्त खानेकुरा सहयोग गरेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले जानकारी दिनुभएको छ् ।

संचारमाध्यम तथा कुतियाकवर विपद् ब्यवस्थापन समितिद्धारा जानकारी पाएपछि बाढीले घर भत्काएर ‘सुरक्षित आवास’ मा बस्दै आएका सुत्केरी महिला गिता सुनारलाई सहयोग गरिएको सभापती मल्लले बताउनुभएको छ् । सुत्केरी महिला गिता सुनारको आर्थिक अवस्था अहिले आएर निकै दैनिय रहेको र सुत्केरीको लागी पोषणयुक्त खानेकुरा र नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरबाट बाढीपिडितहरुलाई प्राप्त राहत प्याकेज सुत्केरीलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लले बताउनुभएको छ् । सुत्केरी गिता सुनारको स्वास्थ्य अवस्थाको समेत जानकारी लिएको उहाँले बताउनुभएको छ् ।

गिता सुनारको घर गत भदौ २७ र २८ गतेको बाढीले पूर्णरुपमा क्षति भएपछि उहाँ नजिकै रहेको ‘सुरक्षित आवास’ मा जहान परिवार सहित बस्दै आउनुभएको छ् । उहाँले ‘सुरक्षित आवास’ मा बस्दै गर्दा शिशुलाई जन्म दिनुभएको कुतियाकवर विपद् व्यवस्थापन समितिका संयोजक टेक बहादुर सुनारले बताउनुभएको छ् ।

यस अघि कुतियाकवर विपद् व्यवस्थापन समितिले सुत्केरी महिला गितालाई पोषणयुक्त खानेकुराका लागि नगद रु. ४ हजार नगद सहयोग गरेको थियो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज