Advertisement

सीमामा बग्दै नेपाली भूमि, अठार नम्वर पिल्लर बस्ती जोगाईदिन सरकार संग माँग

पप्पु गुरुङ्ग, दोधारा । जगबुडा नदीको जग्गा कटान प्रभावितहरुले बस्ती जोगाइदिन सरकार संग माँग गरेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती जगबुडा नदीको कटानीको कारण उच्च जोखिममा छ् । हाल स्थानिय सरकार र गैरसरकारी संस्थाहरुले उक्त बस्ती जोगाउन अस्थायी तटबन्ध निमार्ण कार्य सुरु गरेको छ् । उक्त स्थानमा पक्की तटबन्ध निर्माण गरी सो क्षेत्रको उर्वरक भुमीको साथै बस्ती जोगाईदिन हुन अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुले नेपाल सरकार संग माँग राखेका छन् । भारतको अधिनमा रहेको जगबुडा नदीले हिउद र वर्षा दुबै समयमा नदीले कटान तीव्र पार्दै आएको हुदा बस्ती अतिनै जोखिममा परेको स्थानियबासी सन्त बहादुर सुनारले बताउनुभएको छ् । भारत संग जोडिएको अठार नम्वर पिल्लर बस्ती बिस्तापित भए भारतियहरुले जग्गा अतिक्रमण गर्ने उहाँले बताउनुभएको छ् । स्थानिय सरकार र गैरसरकारी संस्थाहरुले बस्ती जोगाउन निकै प्रयत्न गर्दै आएपनि प्रदेश सरकार र संघिय सरकारले अठार नम्वर पिल्लर बस्ती जोगाउन बजेट बिनियोजन गर्नु पर्ने स्थानियबासी सन्त बहादुर सुनारको भनाई रहेको छ् ।

केही दिन अघि नगरपालिका क्षेत्रमा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनाएको र बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षती बनाएको हो । बाढीको कारण बस्ती बिस्तापित भए, भारतले अठार नम्वर पिल्लर बस्तीको जग्गा अतिक्रमण गर्ने पक्का भएको स्थानियबासी गणेश सुनारको दावी छ् । सिमा क्षेत्रमा रहेको भुमी अठार नम्वर पिल्लर बस्तीका ८ घरधुरीले बचाउदै आएको बताउनु हुदै स्थानियबासी गणेश सुनारले तत्काल भारतिय अतिक्रमणबाट नेपाली भुमी बचाउन अठार नम्वर पिल्लर बस्तीमा पक्की तटबन्ध निमार्ण गर्नु अपरिहार्य भएको बताउनुभएको छ् । जगबुडा नदीले कटानी गर्दै नदी घर आंगनमा पुग्न थालेको बारेमा जनप्रतिनिधीहरुलाई ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएको उहाँको गुनासो छ् । बस्तीलाई नदी कटानीबाट जोगाउन पक्की तटबन्ध नभएकै कारण नदीले जग्गा कटानी गरि बस्ती नजिक नदी पुगेको गणेश सुनारले बताउनुभयो ।

जगबुडा नदीले तीव्र रुपमा कटान गरिरहेकाले कुनै पनि बेला ठुलो विपत्ती निम्त्याउन सक्ने अवस्थालाई दृष्टिगत गरी तत्काल राज्यका निकायहरुको गम्भिर ध्यानाकर्षण हुनुपर्ने बस्तीका अर्का स्थानिय सरस्वती भाट बताउनुहुन्छ् । जगबुडा नदी संगै बस्ती नजिक बग्ने नालाले समेत जग्गा कटानी गरेको उहाँले बताउनुभएको छ् । स्थानिय सरकारले बस्तीको पिडामा सघाउदै आएपनि प्रदेश सरकार र संघिय सरकारले बस्ती बचाउन खासै चाँसो नदेखाएको सरस्वती भाटको भनाई रहेको छ् ।

स्थानिय सरकारले पक्की तटबन्ध निमार्ण गर्न नसक्ने भएपछि झण्डै एक साता देखि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु संघिय सरकारका मन्त्रालयमा नदी कटानको समस्या लिएर बिभिन्न मन्त्रालयहरु धाउदै आउनुभएको छ् । आठ घरधुरी बसोवास गर्ने अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुको सबै थोकमा भारतीय बजार संग सम्बन्ध छ्  ।

नानीहरुको पठन पाठन देखि लिएर गाँउ, बस्तीमा हुदै आएको कलह भएपछि भारतीय ग्राम पञ्चायतमा उनीहरु धाउने गर्दछन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर - मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र ...
‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्न...
बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर - कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाल...
शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर - विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। भोटेकोसी नदीमा आएको...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज