Advertisement

सिन्धुपाल्चोकमा सडक नहुँदा किसान चिन्तामा

काठमाडौँ । उत्पादन भएको तरकारी  बेच्ने ठाउँ नहुँदा किसान चिन्तित भएका छन् ।  गत असार १ र साउन १६ गते मेलम्ची, हेलम्बु र पाँचपोखरी आसपासमा आएको बाढीले व्यापारिक केन्द्रसम्म पुग्ने सडक सम्बन्ध टुटेपछि किसानले उत्पादन गरेका तरकारीले मुल्य पाएको छैन । सडक नहुँदा कुखुरा तथा पशुपालक किसान पनि मर्कामा परेका छन् । सडक नहुँदा दाना ल्याउन तथा भएका कुखुरा बिक्री गर्न लैजान नसकिएको हेलम्बु गाउँपालिका–२ का राम ज्योतिले बताउनुभयो ।

गाउँपालिकाबाट तालिम लिएर दैनिक २० देखि २५ किलो गोलभेँडा उत्पादन गर्दै आउनुभएका पाँचपोखरी–६ का झोक्की वाइबाले बाटो नभएका कारण उत्पादित तरकारी गाई तथा अन्य वस्तुलाई खुवाउनुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो ।  पाँचपोखरी थाङ्पाल गाउँपालिका कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा श्री थाङ्पालधाप साना किसान कृषि सहकारी संस्था र थाङ्पालधाप कृषि तथा पशुपक्षी फार्मको समन्वयमा सुरु गरिएको तरकारी खेतीको अनुगमनमा पुगेका गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग किसानले गुनासो गरेका हुन् ।

दैनिकरूपमा २० देखि २५ किलो गोलभेँडा उत्पादन हुने गरेकाले फार्मका सञ्चालक वाइबाले तालिमपछि राम्रो आम्दानी हुन थालेको बताउनुभयो । उहाँका अनुसार १३ वटा प्लाष्टिक घरमध्ये आठमा दुई महिनाअघिदेखि गोलभेँडा उत्पादन हुँदै आएको र बाँकी तीनमा एक महिनापछिसम्म उत्पादन लिन सकिने छ । अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार पोखरेल, कृषि शाखाका प्रमुख निमराज गिरी, कार्यपालिका सदस्यलगायतको टोली पुगेको थियो । 

किसानको गुनासोलाई सम्बोधन गर्दै अनुगमन टोलीले बजारीकरण आदि कार्यमा सहजीकरण गरिदिने बचन दिएको छ । सङ्कलन केन्द्र स्थापना र साप्ताहिक हाटबजार स्थापनासम्बन्धी छलफल भएको गिरीले जानकारी दिनुभयो । मेलम्ची, हेलम्बु र इन्द्रावतीका किसान पनि बजारसम्म जोड्ने सडक नहुँदा समस्यामा परेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

चिकित्सकहरु आन्दो्लित : देशभरका अस्पतालहरूमा OPD सेवा बन्द

काठमाडौँ  : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र...
महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर काठमाण्डौ रुटमा पवनदुत यातायात एण्ड अटोको राजगद्धी एसी सेवा सुरु

महेन्द्रनगर – महेन्द्रनगरदेखि काठमाण्डौ कालागि सुविधासम्पन्न राजगद्धी एसी बस सञ्चालनमा आएका छन् । आईतबार एक औपचारीक कार्यक्रमको अय...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

टर्चलाइटको भरमा प्रसूति सेवा, कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् संकट

महेन्द्रनगर - बैतडीको डिलासैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्य सेवा प्रभावित बन...
दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

दोधारा चाँदनी नगरपालिकाद्धारा सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धारा सामाग्री हस्तान्तरण

महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामग्रि हस्तान्तरण गरेको छ । बिहिबार दोधारा चादनी ...
महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध आकाशे पानीले ढल्यो

महेन्द्रनगर – महाकाली नदीको बाढि रोक्न बनाईएको ५ करोडको तटबन्ध बर्षाको पानीले जमिन कटान गर्दा ढलेको छ । कञ्चनपुर जिल्लाको दोधारा च...
उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

उच्च अदालत महेन्द्रनगर इजलासको उल्लेखनीय उपलब्धि: ९२ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट, लक्ष्यको १४२ प्रतिशत प्रगति

महेन्द्रनगर - उच्च अदालत दिपायल अन्तर्गत महेन्द्रनगर इजलासले आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखनीय न्यायिक प्रगति हासिल गरेको छ। इजलास...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज