Advertisement

सामाजिक अभियन्ता दुर्गाको पहलमा पटरा खल्लाका वालवालिकालाई शैक्षिक सामग्री र नगद रकम

दोधारा । सामाजिक अभियन्ता तथा बिद्यार्थी दुर्गा बडुवाल को पहलमा दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका बाढीपिडित वालवालिकाहरुलाई शैक्षिक सामग्री र नगद रकम सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ निवासी तथा सामाजिक अभियन्ता दुर्गा बडुवालको पहल र काठमाण्डौं निवासी उर्मिला शेरचन, युकेमा निवासी लिला राई, जापानमा निवासी प्रमिला गौचन डंगोल, पुर्णिमा शेरचनको सहयोगमा पटरा खल्लाका ३० जना वालवालिकालाई कापी, कलम, झोला लगाएत सामग्री उपलब्ध गराईएको हो । गएको २२ गते देखि २४ सम्म आएको अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीले बिद्यार्थीहरुको शैक्षिक सामग्रीमा क्षती पुर्‍याएर पटरा खल्लाका एलिसा सुनारले हिल्याम्मे आफ्नो कापी, किताव नियाल्दै गरेको मार्मिक तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भए संगै सो क्षेत्रका वालवालिकालाई पठन पाठनमा सहजताको लागी काठमाण्डौं निवासी उर्मिला शेरचन, युकेमा बस्ने लिला राई, जापानमा बस्ने प्रमिला गौचन डंगोल, पुर्णिमा शेरचनले सहयोग गरेको बताईएको छ् ।

सुक्रवार एक कार्यक्रम बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले वालवालिकाको पठन पाठनमा सहयोग पुर्‍याएको भन्दै पहलकर्ता सामाजिक अभियन्ता दुर्गा बडुवाल लगाएत काठमाण्डौं निवासी उर्मिला शेरचन, युकेमा बस्ने लिला राई, जापानमा बस्ने प्रमिला गौचन डंगोल, पुर्णिमा शेरचनलाई बिशेष धन्यवाद दिएका छन् । कार्यक्रममा एसिला सुनारलाई पठन पाठन सहयोग पुगोस भन्नको लागी नगद रकम रु . १२ हजार ५ सय हस्तान्तरण गरिएको सामाजिक अभियन्ता दुर्गा बडुवालले बताएका छन् ।

‘रु. १२ हजार ५ सय एलिसा सुनारलाई नगद रकम हस्तान्तरण गरिएको र बाँकी रहेको रु. १२ हजार ५ सय को शैक्षिक सामग्री वालवालिकालाई बितरण गरिएको हो’ दुर्गा बडुवालले भने । बाढीले वालवालिकाको पठन पाठन कार्यमा सघाएको भन्दै अभिभावकहरुले समेत दाताहरुलाई धन्यबाद दिएका छन् ।

बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रका २ हजार बिद्यार्थीहरुको शैक्षिक सामग्रीमा क्षती बनाएको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाले जनाएको छ् ।अविरल वर्षा संगै जगबुडा नदी र महाकाली नदीको जलसतह बढेपछि होचा भू–भागमा रहेका दोधारा चाादनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरुका बस्तीहरु प्रभावित बनाएको हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज