Advertisement

बेदकोटको मध्यवर्ती उपभोक्ता समितिको मनपरीविरुद्ध स्थानीयको विरोध, भिडियो सहित हेर्नुस

महेन्द्रनगर– बेदकोट नगरपालिकामा १० मा रहेको मध्यवर्ती उपभोक्ता समिति द्वारा उपभोक्ता समूह गठनमा मनपरी गरिएको भन्दै स्थानीय बासिन्दा तथा उपभोक्ता समूहहरूले कडा विरोध जनाएका छन् । शनिबार बिहान समितिको कार्यालयमा पुगेरै उनीहरुले विरोध गरेका थिए ।

स्थानीयहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संरक्षण तथा वन्यजन्तु संरक्षणका लागि गठन गरिने समितिमा केही निश्चित व्यक्तिलाई मात्र समावेश गरी अन्य समुदायलाई बेवास्ता गरिएको आरोप लगाएका छन्। उनीहरूले समितिले आफ्ना स्वार्थअनुकूल व्यक्तिहरूलाई मात्रै चयन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

विरोध कार्यक्रममा विभिन्न उपभोक्ता समूहका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो। उनीहरूले उपभोक्ता समूह निर्माण गर्दा सबै क्षेत्रका प्रतिनिधित्व हुने गरी खुला प्रक्रिया अपनाइनुपर्ने माग राखेका छन् ।

विरोध कार्यक्रममा सहभागी स्थानिय तथा भगवती र सरस्वती समुहबाट प्रतिनिधि छनौट गर्दा सुटुक्क गरेको बताए । स्थानीय माया रावलले भने “निकुञ्जको संरक्षण हाम्रो जिम्मेवारी हो, तर उपभोक्ता समूह बनाउँदा स्थानीय जनतालाई नै उपेक्षा गर्नु अन्यायपूर्ण हो। सबै समुदायलाई समेट्ने गरी समिति पुनर्गठन गरिनुपर्छ।“

२ कार्यकाल समितिको अध्यक्ष भई सकेका निर्वतमान अध्यक्ष अर्जुन कठायतले त्यस्तो भएको भए निर्वाचन स्थगित गर्ने बताएका छन् । उनले यस्तो नभएको दाबी गर्दै भएको भए सच्याएर अघि बढ्ने बताएका छन् ।

विरोधपछि स्थानीयहरूले उपभोक्ता समूह गठन प्रक्रिया पुनरावलोकन गर्न माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले आफ्ना माग पूरा नभए थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।

पुरा भिडियो हेर्नुस

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

सुकासालमा इन्डोर क्रिकेट ट्रेनिङ सेन्टर सञ्चालन आयो

महेन्द्रनगर - होली फेम्ली क्रीकेट एकेडेमीद्वारा संचालित "इन्डोर क्रीकेट ट्रेनिङ सेन्टर " सञ्चालनमा ल्याइएको छ । मंगलबार होली फेँम्...
१४ महिला आइतबारदेखि सम्पर्कविहीन

१४ महिला आइतबारदेखि सम्पर्कविहीन

महेन्द्रनगर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना सम्पर्क बिहिन भएका छन् । भीमदत्त नगरपालिका १९ का उनीहरू निकु...
युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

युवाको भविष्य खोसिए देश कमजोर हुन्छ

महेन्द्रनगर - म रमेश बस्नेत, म कुनै ठूलो व्यक्ति होइन। यो देशको एउटा सामान्य नागरिक हुँ। यही माटोमा जन्मिएँ, यही हुर्किएँ र यही दे...
मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

मर्निङ्ग ग्लोरीद्धारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

महेन्द्रनगर – मर्निङ्ग ग्लोरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । आईतबार भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित व...
सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

सरकारी सञ्चारमाध्यममा करार पत्रकार विस्थापनको प्रयासमा चौतारीको आपत्ती

काठमाडौं – प्रेस चौतारी नेपालले सरकारी सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत करार सेवाका श्रमजीवी पत्रकार तथा कर्मचारीलाई योजनाबद्ध ...
भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

भीमदत्त नगरपालिका वडा नं. ९को सार्वजनिक सुनुवाई सम्पन्न

महेन्द्रनगर – भीमदत्त नगरपालिका वडा नं. ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सबैभन्दा बिकट वडाकोरुपमा रह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज