नयाँ खबर
महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिका एक वडाध्यक्षले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गरेका छन । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले छोरीलाई सामुदायिक विद्यालय भर्ना गरेका हुन ।

बोडिङ्ग स्कुलबाट छुटाएर अध्यक्ष साउदले उदय माध्यामिक विद्यालयमा भर्ना गराएका छन । वडाध्यक्ष साउदले छोरी आरोही साउदलाई कक्षा ३मा भर्ना गराएका हुन । स्थानीय कृष्णपुर सरकारले सामुदायिक विद्यालय बनाउँने अभियान बोकेर जनप्रतिनिधीका सन्तान अनिवार्य सामुदायिक विद्यालय भर्ना गराउने निर्णय अनुरुप वडाध्यक्ष साउदले छोरी सामुदायिक विद्यालय भर्ना गराएका हुन ।
वडाध्यक्ष साउदले सोही विद्यालयमा माध्यामिक शिक्षा अध्ययन गरेका थिए, त्यसपछि विद्यालयको सदस्य र अध्यक्षको जिम्मेबारी निर्वाह गरेसंगै हाल उक्त विद्यालय वडाको प्रतिनिधी अभिभावक समेत रहेको छ । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले आफैले गरेको निर्णय आफैबाट पालनाका लागि छोरीलाई सामुदायिक विद्यालय आफैले अध्ययन गरेको विद्यालयमा भर्ना गरेको बताए ।
कृष्णपुर नगरपालिकाले चालु शैक्षिक सत्र ०८२देखि जनप्रतिनिधी सहित, शिक्षक कर्मचारीका सन्तान अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने र निजी विद्यालयका संचालक, शिक्षक, कर्मचारीलाई सरकारी विद्यालयमा प्रशासकीय, व्यवस्थापन जिम्मेबार नरहने निर्णय गरेकोे थियो ।
कृष्णपुर नगरपालिकाको उक्त निर्णयसंगै जनप्रतिनिधी, कर्मचारी, शिक्षक आफ्ना सन्तान सरकारी विद्यालयमा भर्ना गराईरहेका छन । कृष्णपुरका मेयर हेमराज ओझाले सामुदायिक विद्यालय सुधारर्दै शैक्षिक गुणस्तरबृद्धिका लागि उक्त निर्णय गरेर कडाईपुर्वक जाने बताएका छन ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।