Advertisement

अठार नम्वर पिल्लर बस्ती नजिक पुग्यो जगबुडा नदी : रुखका स्याउला हालेर कटानी रोक्ने प्रयास

दोधारा । दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती नजिक जगबुडा नदीले कटानी गर्दै घर, आंगन नजिक पुगेको छ् । आज बिहान अचानक जगबुडा नदीको वहाव तिब्र भएसंगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० अठार नम्वर पिल्लर बस्ती नजिक जगबुडा नदीले कटानी तिब्र बनाएको छ् । बस्तीको घर आंगन नजिक जगबुडा नदी कटानी गर्दै नदी पुग्न थालेपछि स्थानियहमा त्रास छाएको छ् । नदीको कटानीलाई रोक्न स्थानिय स्तरबाट प्रयास जारी छ् । रुखका स्याला काटेर कटानीलाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरु लागिपरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नदीको बाहव थोरै पनि तिब्र हुने बित्तिकै जगबुडा नदीले घरहरु तहस नहस गर्ने बताउनुभएको छ् । गत वर्ष दोधारा चाँदनी नगरपालिका र गैरसरकारी संस्थाहरुको सहयोगमा जैविक तटबन्ध निमार्ण गरेको बताउदै नगरप्रमुख किशोर कुमार लिम्बुले नदीको बहाव यस्तै तिब्र गतीमा रहने हो भने, राती सम्म नदी घर सम्म पुग्ने बताउनुभएको छ् । नदी छेउमा रहेका रुख नदीले बगाएर लग्ला, भनेर रुखहरुलाई तार, रस्सीले बाँधेर राख्ने काम भईरहेको उहाँले बताउनुभएको छ् ।

केही दिन अघि आएको जगबुडा नदीमा आएको बाढीले अठार नम्वर पिल्लर बस्ती नजिकको जग्गा कटानी गर्न थालेको छ् । नदीको कटानी अझै पनि नरोकिएको स्थानियहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाकै सबै भन्दा सानो बस्तीको नाउले चिनिने अठार नम्वर पिल्लर बस्तीमा ७ घरधुरीहरु रहेका छन् । बिगतका दिनहरुमा जगबुडा नदीले कटानी गर्दै आएको कारण अधिकांश स्थानियहरु बिस्तापित भएर अन्य स्थानमा बसाई सरेका छन् । नेपाल–भारत सिमा बस्ती संग जोडिएको उक्त बस्तीमा झण्डै २ सय बिघाह उर्वरक खेतीयोग्य जग्गा रहेको छ् ।

बस्तीमा वर्षायाममा मात्रै नभई हिउदमा समेत जगबुडा नदीले किसानहरुको उर्वरक भुमी कटानी गर्दै आएको स्थानियबासीहरुको भनाई रहेको छ् । यस्तै आज बिहान जगबुडा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्ला, वडा नं. ८ जर्काटोल र कुतियाकवर बस्तीमा नदीको पानी पसेको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाले जनाएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

बाढीबाट आमा बुबा गुमाएका बालबालिकाको कक्षा १२ सम्मको पढाइ बागमती सरकारले निःशुल्क गर्ने

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी-पहिरोका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्...
परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

परशुरामको सिर्जना सहकारीद्वारा बाढीपीडितलाई ६३ हजार बढी रकम सहयोग

डडेल्धुरा — बाढी तथा पहिरोलगायत प्राकृतिक विपद्बबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले डडेल्धुरा...
रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवाका बाढीपहिरो पीडितका लागि मेगा सहकारीको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

महेन्द्रनगर — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुरको...
एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी - नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर...
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि महासचिव शंकर पोखरेल नेतृत्वको एमाले टोली नुवाकोट प्रस्थान

काठमाडौं -भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेत...
पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

पूर्वमुख्यमन्त्री रावलद्वारा आइसिटीको उद्घाटन

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बिहीबार भीमदत्त नगरपा...
बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

बैतडीमा पहिरोले बस्ती जोखिममा, स्थानीयमा त्रास

नरेश बोहरा, बैतडी — बैतडीको सुर्नया गाउँपालिका–८ ढोले (रातापानी) मा पहिरोले बस्ती जोखिममा परेको छ । वर्षौंदेखि निरन्तर बगिरहेको पह...
कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

कञ्चनपुर उद्योग बाणिज्य संघले साउनभित्र सदस्यता नविकरण गर्ने सदस्यको दुई लाख दुर्घट्नाको विमा निशुल्क गर्दै

महेन्द्रनगर – कञ्चनपुर उद्योग बाणिज्य संघले साउनको मसान्तभित्र सदस्यता नविकरण गर्ने सदस्यको विमा रकम दोब्बर बढाएको छ । कञ्चनपुर उद...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज