महेन्द्रनगर–कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले आगामी आर्थिक बर्ष ०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । मंगलबार १७ औँ गाँउसभाबाट बेलडाँडी स्थानीय सरकारले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले नयाँ बजेटसंगै केही नयाँ कार्यक्रम ल्याएको बताए ।

गाँउप्रमुख रानाले चालु तर्फ ३७करोड, ४३लाख र पुँजिगत तर्फ १७करोड, ७लाख सहित ५४ करोड ५० लाख, ४४ हजार बराबरको बजेट ल्याएको बताए । उनका अनुसार आन्तरिक आय तर्फ १करोड, राजस्व बाँडफाँड ७करोड, ९४लाख, ९० हजार, वित्तिय हस्तान्तरण संघीय सरकार ३१करोड, १४लाख, प्रदेश सरकार २करोड ४१लाख, ५४ हजार, समाजिक सुरक्षा १२ करोड रहेको छ ।
गाँउ प्रमुख रानाले नयाँ आर्थिक बर्षमा बेलडाँडीको दलदल जमिन पुर्नरुत्पादनको नयाँ कार्यक्रम ल्याएको छ । ‘हाम्रो गाँउपालिकामा १देखि ५वटै वडामा हजारौँ विगाह उर्बरा जमिन दलदलमा परिणत भएकोछ, बषौँदेखि जमिन उपभोग गर्न सकिएको छैन, ‘उनले भने, ‘हामीले डे«न्च खनेर वा लिप्टिङ विधीबाट जमिन सुकाएर खेतीयोग्य बनाउँछौँ, थप किसानलाई कृषिमै आत्मनिर्भर बनाउँछौँ ।
’ छिमेकी बेलौरी र पुर्नवास पालिकामा चिनिमिल भएकाले चिनि उत्पादनका लागि चाहिने कच्चा पदार्थ उखुखेती तर्फ जनतालाई अग्रसर गरिनेछ ।
गाँउप्रमुख रानाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसंग १, २ र ५ नम्बर वडाप्रत्यक्ष जोडिएकाले बन्यजन्तु र मानवविच भईरहेको द्वन्द्व न्यूनिकरणका लागि निकुञ्ज किनारमा सोलार बत्ति जडान गरिने बताए ।
साथै गत विगतमा संचालनमा रहेका गौरबका योजना १५ सैयाको अस्पताल, कोल्ड स्टोर संचालन, बेलडाँडीदेखि निकुञ्ज सफारीको पर्यटन रुट संचालन, सरकारी विद्यालयमा पूर्ण निःशुल्क शिक्षा, आधारभूत स्वास्थ्य, पूर्वाधार विकास, निर्माण सहितका विवित योजना एव कार्यक्रम अघि बढाईनेछन ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।