महेन्द्रनगर-नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरको ९ औं जिल्ला अधिवेशनको सुरु भएको छ । आज सुदुरपस्चिम प्रदेशका अर्थ मन्त्री बहादुर सिंह थापाको प्रमुख आतिथ्यता तथा नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका अध्यक्ष महेश कुमार जोशीको सभापतित्वमा उद्योग वाणिज्य संगको सभाहलमा सुरु भएको हो ।
नेपाल निजामती कर्मचारी युनियनका पूर्व जिल्ला सभापति गौराज़ लिम्बूले कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सबैभन्दा क्षमतावान नेतृत्वको चयन हुने आशा व्यक्त गर्नु भयो । उहाले समग्र निजामती कर्मचारीको हकहितमा काम गर्नसक्ने नेतृत्व चयनको शुभकामना दिनुभयो ।
त्यसै गरी निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्टले कार्यक्रम सफलताको कामना गर्दै सरकारलाई निर्माण व्यवसायीका समस्यामा गम्भीर हुन आग्रह गर्नुभयो ।
नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमिति सदस्य कमलापति भट्टले निजामती ऐनलाई सबै कर्मचारीको भलो किसिमको बनाउन आफूहरु लागिपरेको बताउनुभयो । उहाँले स्थानिय, प्रदेश र संघका कर्मचारी साथीहरुको भावना समेटेर ऐन निर्माण गर्न सकारात्मक भूमिका खेलिरहेको बताउनु भयो ।
त्यसै गरी नेपाल इन्जिनियरिङ संघ सुपका सभापति नवीन राज जोशीले सबै कुरा बुझेको मानिस नेतृत्वमा पुगे नेपाली कांग्रेसको भलो हुने बताउनुभयो । भोलिका दिनमा राष्टको लागि गर्न सकिन्छ भन्ने विषयमा गम्भीर हुनुपर्ने उहाले बताउनुभयो ।
त्यसैगरी नेविसंघ कञ्चनपुरका सभापति रमेश चाटौत ले प्रजातन्त्र र अहिलेको संघीयता ल्याउनमा थुले योगदान भएको बताउनुभयो ।
उद्यघाटन कार्यक्रममा विशिष्ट अतिथिमा नेपाली कांग्रेस सुप सहमहामन्त्री गोपाल प्रसाद भट्ट, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बाेहरा, बेदकोट नगरपालिकाको नगर प्रमुख भोजराज बाेहरा, पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रकाश शर्मा, निर्माण व्यावसाय संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन भट्ट, गौराज लिम्बू, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामी, कर्मचारी युनियन केन्द्रीय सदस्य कमलापती भट्ट, नेपाल इन्जिनियरिङ संघ सुपका सभापति नवीन राज जोशी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रमुखको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।