Advertisement

दोधारा चाँदनीको वाल क्लबलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी ३ दिने तालिम

दोधारा । विपद् जोखिम न्युनिकरणको लागी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वाल क्लवका पदाधिकारीहरुलाई ३ दिने तालिम संचालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ९ मा रहेको अम्बिका माध्यमिक बिद्यालयको आयोजना र निड्स नेपाल तथा अक्सफाम नेपालको सहयोगमा अम्बिका वाल क्लवका पदाधिकारीहरुलाई ३ दिने विपद् जोखिम न्युनिकरण सम्बन्धी तालिम सुरु गरिएको निड्स नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८, ९ र १० वडाका समुदायलाई लक्षित गरि तालिम संचालन गरिएको कार्यक्रम संयोजक ईश्वर उपाध्यायले बताउनुभयो । तालिमले आफु, परिवार र समुदायलाई सुरक्षित राख्न मद्धत पुग्ने निड्स नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक ईश्वर उपाध्यायले विश्वास ब्यक्त गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको विपद्को जोखिम रहेका वडा तथा टोललाई लक्षित गर्दै जोखिम न्युनिकरणको लागी संस्थाले बिभिन्न कार्यक्रम गर्दै आएको उहाँले बताउनुभएको छ् । दोधारा चाँदनी नगरसपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले गैरसरकारी संस्थाको सहयोग र सहकार्यमा बाढीको बेला जोखिम न्युनिकरण गर्न सफल भएको बताउनुभएको छ् ।

दोधारा चाँदनीमा केही महिना अघि २४ घण्टामा ६ सय २४ मिलिमिटर वर्षा भएको थियो । रेकर्ड ब्रेक गर्ने गरि आएको वर्षा संगै बाढीमा सबैको सहयोगले विपद् जोखिम न्युनिकरण गर्न नगरपालिका सफल भएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । नगरपालिका क्षेत्र भित्र विपद्बाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्दै आफ्नो समुदायको अमुल्य जिवन, धन सम्पत्ति तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न मानवीय सिद्धान्त, लैंगिक समानता र सामाजिक समावेशितालाई समेत आत्मसात गर्दै दोधारा चाँदनी नगरपालिकाले क्रियाशिलरुपमा कार्य गर्दै आएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । विपद् न्यूनीकरण र प्रतिकार्यका लागि समुदायलाई जागरुक बनाउनको साथै विपद् सम्बन्धी शिक्षा दिन आवश्यक भएकाले तालिम उपलब्धिमूलक हुने कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले बताउनुभएको छ् ।

जलवायु परिवर्तन र वातावरणीय संरचनाका कारण नेपाल प्राकृतिक एवम् मानव सिर्जित विपद्को उच्च जोखिममा रहेकाले यसबाट बच्न सामूहिक प्रयासको खाँचो रहेको सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले बताउनुभयो । स्थानिय समुदायको क्षमता विकास गर्न सकिएमा मात्रै विपद् जोखिम न्यूनीकरणका प्रयास सार्थक हुनेमा सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले बताउनुभएको छ् । तालिमको दायरा हरेक गाँउ, टोलमा पुर्‍याउन सके विपद्का घटनालाई कम गर्न सकिने उहाँको भनाई रहेको छ् ।

अम्बिका माध्यमिक बिद्यालयमा गठित बिद्यालय स्तरिय वालक्लवका २५ जना बिद्यार्थी, २ जना शिक्षकलाई ३ दिने तालिममा सहभागी गराईएको निड्स नेपाल कञ्चनपुरले जनाएको छ् । तालिममा कृत्रिम अभ्यास समेत संचालन गरिने बताईएको छ् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज