दोधारा । कञ्चनपुरको महाकाली नदी माथीको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन बन्द गरिने भएको छ् । पुल मर्मतका लागि दोधारा चाँदनी नगरपालिकाले पुलको आवागमन भोली र पर्सी अर्थात १९ र २० गते दुई दिनको लागी बन्द गर्ने भएको हो । बिहान ११ बजे देखि ३ बजे सम्म (चार घण्टा) सम्मका लागि पुल आवागमन बन्द गरिईने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिनुभएको छ् ।
अत्यधिक भारका कारण पुलका नट बोल्ट खुस्केका, डेकहरु टुटेका कारण पुल मर्मत गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले बताउनुभएको छ् ।
आज एक सुचना प्रकाशित गरि दुई दिनको लागी पुल मर्मत कार्य अघि बढाईन लागेको उहाँले बताउनुभएको छ् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।