Advertisement

भीमदत्त नगरपालिका वडा नं.६ को वडाध्यक्षमा काकालाई हराउदै भतिजा निर्वाचित

महेन्द्रनगर-कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं.६को वडा अध्यक्ष पदको लागि भएको उप निर्वाचनमा कांगेसका उमेदवार प्रकाश बहादुर चन्दले आफ्नै काका बहादुर चन्दलाई हराएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । मंसिर १६ गते भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उमेदवार प्रकाशले एमाले उमेदवारलाई ६ सय २० मतअन्तरले पराजित गरेका हुन ।

वडा अध्यक्ष प्रकाशले एक हजार एक सय ७ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्धद्धि एमाले उम्मेदवार बहादुरले ४ सय ८७ मत प्राप्त गरेका हुन ।  त्यसैगरी राप्रपाका उमेदवार शुशिल कुमार भट्टले ३ सय ६९ मत, नेकपा एकिकृत समाजवादीका उमेदवार जितेन्द्र बहादुर चन्दले २ सय २५ मत, रास्वपाका उमेदवार रामदत्त भट्टले २ सय १८ मत, माओवादी केन्द्रका उमेदवार नानाराम कोलीले १ सय २२ मत, स्वतन्त्र उमेदवार थानेश्वर लेखकले एक सय ४२ मत, नागरीक उन्मुक्तिका उमेदवार हरिष डगौराले १ सय २७ मत, अर्का स्वतन्त्र उमेदवार युवराज चन्दले ९९ मत, राप्रपा पार्टी नेपालका उमेदवार दिल बहादुर धामीले २४ मत, नमकिपाका उमेदवार दल बहादुर बोहराले १२ मत, जनमतका उमेदवार यादव बहादुर चन्दले ५ मत प्राप्त गरेका छन् ।

कुल मत संख्याको ५५ दशमलव ०४ प्रतिशत मत २ हजार ९ सय ९१ मत खसेकोमा ४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले जानकारी दिए ।

कञ्चनपुरका जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार उक्त वडामा २ हजार ६ सय ६५ जना पुरुष र २ हजार ७ सय ६९ जना महिला गरी कुल ५ हजार ४ सय ३४ जना मतदाता रहेका थिए ।

वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा विभिन्न राजनीतिक दलबाट १० जना र स्वतन्त्र २ जना गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए।

२०७९ को स्थानीय तह सदस्य निर्वाचनमा भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका महेन्द्र बहादुर खड्का निर्वाचित हुनुभएको थियो । गत वर्ष मोटरसाइकल दुर्घटनामा उहाँको देहावसान भएपछि सो वडामा उपनिर्वाचन गरिएको हो ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेकपा एमाले कञ्चनपुर अध्यक्ष बुढा सडक दुर्घट्नामा घाईते

नेकपा एमाले कञ्चनपुर अध्यक्ष बुढा सडक दुर्घट्नामा घाईते

महेन्द्रनगर – सडक दुर्घटनामा परि नेकपा(एमाले) कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढा सडक दुर्घट्नामा परी घाइते भएका छन् । शनिबार साझ महेन...
निजामति  सेवा ऐनमा समेट्नुपर्ने बिषयहरु

निजामति सेवा ऐनमा समेट्नुपर्ने बिषयहरु

– महादेव जोशी, राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासकिय सेवा प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतु...
स्थानियतहलाइ आगामी बजेटमा मिडियालाइ प्राथमिकता दिन पत्रकार महासंघ कंचनपुरको आग्रह

स्थानियतहलाइ आगामी बजेटमा मिडियालाइ प्राथमिकता दिन पत्रकार महासंघ कंचनपुरको आग्रह

महेन्द्रनगर -  नेपाल पत्रकार महासंघ कंचनपुर शाखाले कंचनपुरका स्थानियतहहरुलाइ आगामी आथिक बर्षको बजेटमा मिडियालाइ प्राथमिकताका राखेर...
कक्षा १२ को परीक्षा नसरेको भन्दै हल्लाको पछि नलाग्न विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रह

कक्षा १२ को परीक्षा नसरेको भन्दै हल्लाको पछि नलाग्न विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डको आग्रह

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी दिदै विद्यार्थीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरेको छ । ...
स्थानीय सेवा ऐन जारी गर्न माग राख्दै कर्मचारी संगठनद्वारा मुख्यमन्त्री शाहलाई ज्ञापन

स्थानीय सेवा ऐन जारी गर्न माग राख्दै कर्मचारी संगठनद्वारा मुख्यमन्त्री शाहलाई ज्ञापन

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सभाबाट स्थानीय सेवा ऐन जारी गर्न माग अघि सार्दै प्रदेशमा कार्यरत विभिन्न कर्मचारी संघ संगठनहरुले ...
कृष्णपुरका सरकारी विद्यालयका शिक्षक, कर्मचारीदेखि जनप्रतिनिधीले आफ्ना सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने

कृष्णपुरका सरकारी विद्यालयका शिक्षक, कर्मचारीदेखि जनप्रतिनिधीले आफ्ना सन्तानलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने

महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सरकारी राज्य कोषबाट सुविधा लिने शिक्षकदेखि कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सा...
नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुपवि केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक भट्ट निर्बिरोध

नेपाल प्रगतिशिल प्राध्यापक संगठन सुपवि केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक भट्ट निर्बिरोध

महेन्द्रनगर – नेपाल प्रगतिशील प्राध्यापक संगठन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस एकाई कमिटिको अध्यक्षमा उप–प्राध्यापक ब...
ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने शिक्षक महासंघको सरकारसंग अडान

महेन्द्रनगर – चैत २० गतेदेखि चरणबद्ध आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । पटकपटक सरक...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज